२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राहुल गान्धीलाई जेल सजाय सुनाइएको आधा घण्टामै मिल्यो जमानत



अ+ अ-

एजेन्सी । भारतको सुरतको अदालतले बिहीबार कांग्रेस नेता राहुल गान्धीलाई ‘सबै चोरको उपनाम मोदी’ भन्ने कथनसँग सम्बन्धित मानहानीको मुद्दामा दोषी ठहर गरेको थियो ।

यो फैसलाको २७ मिनेटपछि अदालतले उनलाई २ वर्षको जेल सजाय र १५ हजार जरिवाना पनि तोकेको थियो । तर केही समयपछि सोही अदालतले उनलाई जमानत पनि दियो । साथै, सजाय एक महिनाका लागि स्थगित गरिएको छ । सुनुवाइका क्रममा राहुल अदालतमा उपस्थित थिए ।

राहुलले अदालतमा आफ्नो पक्ष प्रस्तुत गरेका थिए । उनका वकिलका अनुसार राहुलले बयान दिने क्रममा आफ्नो नियत गलत नभएको बताएका थिए । आफूले भ्रष्टाचारविरुद्ध आवाज उठाएको उनको जिकिर थियो ।

राहुल गान्धीलाई ३० दिनको लागि जमानत दिइएको छ भने उक्त फैसलाविरुद्ध उच्च अदालतमा अपिल गर्ने अनुमति पनि दिइएको छ । राहुल गान्धी आज बिहान सुरत पुगेका थिए र राज्यका शीर्ष पार्टी नेताहरूले उनलाई स्वागत गरेका थिए ।

२०१९ को लोकसभा चुनाव अघि कर्नाटकको कोलारमा एक र्‍यालीमा राहुलले आफ्नो भाषणमा ‘चोरको उपनाम मोदी हो’ भनेका थिए । उनले भनेका थिए – ‘किन सबै चोरको उपनाम मोदी हुन्छ, चाहे त्यो ललित मोदी होस् वा नीरव मोदी होस् वा नरेन्द्र मोदी होस् ।’ यस मुद्दाको सुनुवाइका क्रममा राहुल गान्धी तीन पटक अदालतमा हाजिर भएका थिए । २०२१ अक्टोबरको अन्तिम उपस्थितिको समयमा, उनले आफूलाई निर्दोष बताएका थिए ।