११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल

पुनर्निर्माण प्राधिकरणका प्राविधिक काममा फर्किँदै (भिडियो सहित)

पुनर्निर्माण प्राधिकरणका प्राविधिक काममा फर्किँदै (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । विभिन्न माग राखी आन्दोलनरत राष्ट्रिय पुनर्निर्माण केन्द्रीय आयोजना कार्यान्वयन इकाई(भवन) अन्तर्गतका प्राविधिकहरु काममा फर्किने भएका छन् । 
आइतबार प्राधिकरण र प्राविधिकहरु बीच प्राविधिकहरुको माग पुरागर्ने सम्बन्धमा ७ बुँदे सहमती पत्रमा हस्ताक्षर भएसँगै प्राविधिकहरु काममा फर्किने भएका हुन् ।

प्राधिकरण र प्राविधिकबीच सबै आन्दोलन आजकै मितिबाट टुंग्याएर नियमित कामकाजमा फर्किने, प्राविधिकहरुले बुझाएको राजीनामा अस्वीकृत गर्ने, असार महिनाको पाउनुपर्ने सेवा, सुविधाहरु उपलब्ध गराउने सहमती भएको छ । प्राविधिकहरुले पाउनुपर्ने सञ्चार खर्च, यातायात खर्च र स्थानीय भत्ता चालू आर्थिक वर्ष ०७७-०७८ को श्रावण महिनाबाटै नियमानुसार उपलब्ध गराइने भएको छ । त्यस्तै, जिल्ला आयोजना कार्यान्वयन इकाई ओखलढुंगा अन्तर्गत रही कार्यरत इन्जिनीयर राजा साहको कामकै दौरान मृत्यू भएकोमा साहको परिवारजनलाई बीमाको रकम उपलब्ध गराउन केन्द्रीय आयोजना कार्यान्वयन इकाई(भवन)ले पहल गर्ने सहमती पत्रमा उल्लेख गरिएको छ ।

प्राधिकरण अन्तर्गत रही विभिन्न समयमा कामकाज गरेका कर्मचारीहरु (प्राविधिकहरु, सामाजिक परिचालकहरु, डकर्मीहरु समेत)को कार्य अनुभव सहितको विवरण रोस्टर तयार पारी अनलाइन पोर्टलमा राख्ने साथै त्यस रोस्टरलाई सम्बन्धित विभिन्न निकायमा भावी प्रयोजनका लागि प्राधिकरणले पठाउने र प्राविधिकहरुलाई  भावि दिनमा अन्यत्र काम गर्दा आवश्यक पर्ने रिफ्रेसर तालिमको व्यवस्था प्राधिकरणले गर्ने सम्बन्धमा सहमती भएको हो ।

सहमति भएसँगै प्राविधिकहरु काममा परिचालित हुने र रोकिएको नीजि आवासको सिफारिस गरेर तत्काल किस्ता पाउनेगरी काम गर्ने तथा आगामी कार्तिक मसान्तभित्र तेस्रो किस्ताको रकमको लागि निवेदन हाल्नसक्ने लक्ष्यको साथ काम गरिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताउनुभयो ।

आन्दोलनरत प्राविधिकहरुले आफ्नो माग पुरा भएको बताएका छन् । आन्दोलनरत केन्द्रीय आयोजना कार्यान्वयन इकाई(भवन) अन्तर्गतका प्राविधिकहरुको तर्फबाट अध्यक्ष अविनाश अमरले आफुहरुको माग पुरा भएको र आजैको मितिदेखि काममा खटिने बताउनुभयो ।

पुनर्निर्माण प्राधिकरण अन्र्तगतका प्राविधिकहरु निकै लामो समयदेखि आन्दोलन गर्दै आएका थिए । प्राविधिकहरुको राजिनामा अस्वीकृत भएको छ भने काममा खटिने भएका छन् ।