• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

सत्ता साझेदार दलको बैठक बस्दै, सरकारको पूर्णताबारे छलफल हुने



file photo

काठमाडौँ । सत्ता साझेदार दलको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह ४ बजे बस्नेगरी बैठक बोलाइएको हो ।

बैठकमा सत्ता साझेदार दलका शीर्ष नेताहरु बसेर मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल गर्ने बताइएको छ ।

सरकारमा सहभागिताको विषयलाई लिएर प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार छलफल गर्नुभएको थियो ।

प्रचण्ड र देउवाबीच सरकारमा सहभागी हुने विषयमा कसरी भागबण्डा गरेर जाने भन्ने विषयमा छलफल भएको बताइएको छ । सोमबार संसदबाट दोस्रो पटक विश्वासको मत लिनुभएका प्रधानमन्त्री दाहालले त्यसको भोलिपल्ट देखि नै सरकारलाई पूर्णता दिने तयारी थाल्ने आश्वासन दिनुभएको थियो ।