५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रको पाँच दिने केन्द्रीय स्कुलको उद्घाटन



अ+ अ-

काठमाडौँ । नेकपा ९माओवादी केन्द्र०को पाँचदिने पार्टी केन्द्रीय स्कुल मङ्गलबारदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरू भएको छ ।

जिल्ला तहमा प्रशिक्षक उत्पादन गर्ने उद्देश्यसहित आयोजना गरिएको पाँच दिने केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्नुभयो ।

सो क्रममा उहाँले भन्नुभयो, “आजको दुनियाँमा विचारको शक्ति नै सबैभन्दा महत्त्वपूर्ण शक्ति हो । तथ्य, सच्चाइ र तर्कको बलमा कम्युनिष्ट आन्दोलनको पक्षमा, कार्यदिशाको पक्षमा, जनताको मुक्ति र परिवर्तनको पक्षमा जसले व्यवस्थितरूपमा विचार प्रस्तुत गर्न सक्दछ, उसले नै समाज र राष्ट्रको नेतृत्व गर्दछ । पाँच दिनसम्म चल्ने पार्टी स्कुलले पार्टीको विचारधारात्मक स्पष्टता र विकासका निम्ति महत्त्वपूर्ण भूमिका खेल्नेछ ।”

पाँच दिनसम्म चल्ने पार्टी स्कुलमा दर्शनशास्त्रको विकासक्रम, द्वन्द्वात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद, आजको विश्व र दर्शनको विकास, राजनीतिक अर्थशास्त्र, आजको विश्व अर्थतन्त्र, समाजवादी अर्थतन्त्र, नेपाली अर्थतन्त्र, विशेषता र सम्भावना, वैज्ञानिक समाजवाद र विकासक्रम, समाजवादको सैद्धान्तिक पक्ष, समाजवादको नेपाली विशेषता र कम्युनिष्टको कार्यभार, वैज्ञानिक दृष्टिकोण, विज्ञानका नयाँ आयाममाथि विश्लेषण, राष्ट्रियताको सवाललगायत विषय समाविष्ट छन् ।

स्कुलमा पार्टीका भूगोल जिल्ला, विशेष कमिटी र जनवर्गीय सङ्गठनका छानिएका प्रतिनिधि उपस्थित हुनेछन् । स्कुललाई पार्टी नेता एवं विषयविज्ञले सहजीकरण गर्नेछन् । रासस