४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

चलचित्रले विस्तारै प्रभाव पार्छ: निर्देशक सायमी

चलचित्रले विस्तारै प्रभाव पार्छ:  निर्देशक सायमी
अ+ अ-

काठमाडौं । चलचित्र हेर्न पुगेका दर्शकलाई सजिलै पात्र र त्यहाँको संसारसँग जोड्न सक्नु निर्देशकको खुबी हो । पात्रसँग दर्शक ‘कनेक्ट’ भएपछि त्यसको प्रभाव बाहिर पनि पर्छ । अभिनेता वा अभिनेत्रीझैँ पहिरन लगाउने, खाने कुरा खाने र समाजमा आफ्नो विचार दिने पनि हुन्छ । निर्देशकसँगै समीक्षकसमेत रहनुभएका निर्देशक प्रकाश सायमी चलचित्रले विस्तारै प्रभाव पार्ने बताउनुभयो ।

“कुनै देशप्रतिको सोच धेरै हदसम्म चलचित्रले नै पार्ने गरेको हुन्छ । उनीहरूको संस्कृति, वेशभूषा र जीवनशैलीसमेत हामीले चलचित्रमार्फत लिइरहेका हुन्छौँ । यो नजानिदो किसिमले हामीमा परिरहेको प्रभाव हो”, निर्देशक सायमीले भन्नुभयो, “चलचित्र हेर्दा विचार गर्नुस् त हिरोहरू आफूलाई जोखिममा राखेर भए पनि अरुको रक्षा गर्छन् । त्यो केही चलचित्रमा देशले पनि गरेका छन् । यसले केही न केही प्रभाव त छाडेको छ ।” उहाँले नेपालमै बालबालिकाले विदेशी कार्टुन र शृङ्खला हेरेर त्यही भाषासमेत सिकिरहेको बताउनुभयो ।

राजनीतिज्ञ डा लीला न्याइच्याईंले नेपालमै समेत भाषा हराउँदै गरेको बताउनुभयो । “मेरै घरमा बच्चाले नेवार भाषा बोल्न जान्दैनन् किनकी उनीहरूको प्रयोगमा भाषा निकै कम आउँछ । म आफैँ बोल्छु तर लेख्नु सहज छैन । अब आउने पुस्तासम्म मातृभाषा पुर्‍याउन सहज छैन”, उहाँले भन्नुभयो, “यो चलचित्रकै प्रभाव हो किनकि नेपालीबाहेक अन्य भाषामा निकै कम चलचित्र बन्ने गरेका छन् ।”

प्रा खड्ग केसीले चलचित्रसम्बन्धी अध्ययन गर्न नेपाल सरकारले नै ध्यान दिनुपर्नेमा जोड दिनुभयो । “अन्य देशको आर्थिक अवस्था र पर्यटनमा समेत चलचित्रले टेवा पुर्‍याउने गरेको छ । हामीकहाँ त्यसको समन्वय नभएको हो कि जस्तो छ । अब व्यवस्थितरूपमै अगाडि बढ्नुको विकल्प छैन”, उहाँले भन्नुभयो ।

चलचित्रमार्फत निर्माण हुने सोचले कालान्तरमा असर गर्ने निर्देशक सायमीको बुझाइ छ । उहाँले विद्यार्थीले शिक्षणका लागि रोज्ने देश, घुम्न तय गर्ने स्थानमा समेत चलचित्रको प्रभाव पर्ने गरेको बताउनुभयो । रासस