• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी

दाहाल जस्तो साहसिक प्रधानमन्त्री कमै मुलुकले पाउछ : प्रदीप यादव



काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदिप यादवले प्रधानमन्त्री पुष्पकमल दाहालको प्रशंशा गर्नु भएको छ ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले दाहाल साहसिक प्रधानमन्त्री भएको भन्दै त्यस्तो प्रधानमन्त्री मुलुकले कमै पाउने दावी समेत गर्नु भयो । सांसद यादवले मुलुक संकटमा परेकाले त्यसको निकासका लागि प्रधानमन्त्री दाहाललाई सबै राजनीतिक पार्टीले मिलेर विश्वासको मत दिनुपर्ने तर्क समेत गर्नु भयो ।

उहाँले विगतमा गरिएको प्रतिवद्धता कार्यान्वयन गरेर अघि बढन प्रधानमन्त्री दाहालको पनि ध्यानाकर्षण गराउनु भयो । सांसद यादवले भन्नु भयो, ‘आज आम नेपाली जनताले प्रधानमन्त्री पुष्पकमल दाहालले पटकपटक व्यक्त गर्नु भएको प्रतिवद्धता कार्यान्वयन चाहेको छ । म उहाँको प्रतिवद्धताको कार्यान्वयनमा सफलता मिलोस भन्ने कामना गर्न चाहन्छु ।

पुष्पकमल दाहालजस्तो साहसिक प्रधानमन्त्री कमै पाईन्छ । यिनका मनमा केही रहँदैन । प्रष्ट बोल्ने, प्रष्ट कुरा राख्ने । र, अहिले मुलुकमा जुन प्रकारको संकट परेको छ । मुलुकमा जुन प्रकारको अर्थतन्त्रमा तरलता आएको छ । यो अवस्थामा हामी सबै मिलेर सम्माननीय प्रधानमन्त्रीजीलाई मतदान गरौं । म अनुरोध गर्न चाहन्छु ।’

सांसद यादवले नेपाली जनताले प्रधानमन्त्री दाहालबाट विगतमा गरिएको प्रतिवद्धता कार्यान्वयन भएको हेर्न चाहेकाले उहाँले सो काममा आफूलाई केन्द्रित गर्नुपर्ने बताउनु भयो । उहाँले महंगी नियन्त्रण गर्न पनि सरकारलाई सचेत गराउनु भयो ।