३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री प्रचण्ड गाडी फेरिरहने ड्राइभर जस्ताे : राजेन्द्र लिङ्देन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गाडी फेरिरहनुभएको बताउनुभएको छ ।

सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेपछिको छलफलमा बोल्दै लिङ्देनले गाउँघरमा पनि गाडी फेरिरहने ड्राइभर भेटिने बताउनुभयो ।

धेरै गाडी फेरिरहने ड्राइभर, गाडी फेरिहने अनुभवले गाडी दिन योग्य हुन्छ कि भन्ने लाग्छ भन्दै उहाँले भन्नुभयो, “गाडी फेरिरहने ड्राइभरले तपाईंहरुको गाडी चलाउँछु भनेपछि हाइड्रोजन गाडी दिएको तर गडी स्टार्ट नहुँदै म पुरानै गाडी चलाउँछु भनेपछि हामीले के गर्ने ?”

अध्यक्ष लिङ्देनले आफूहरुसँग गाडी रहेको र चलाउने सीप रहेको तर लाइसेन्स नभएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले बाटो फेरेपछि आफूहरुले इमान्दारीपूर्वक सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताउनुभयो ।

यस्तो अवस्थामा प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न राप्रपाको सहयोग चाहिन्छ भन्ने आफूलाई लागेको उहाँको भनाइ थियो ।