५ श्रावण २०८३, मंगलवार
,
Latest
बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री प्रचण्ड गाडी फेरिरहने ड्राइभर जस्ताे : राजेन्द्र लिङ्देन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गाडी फेरिरहनुभएको बताउनुभएको छ ।

सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेपछिको छलफलमा बोल्दै लिङ्देनले गाउँघरमा पनि गाडी फेरिरहने ड्राइभर भेटिने बताउनुभयो ।

धेरै गाडी फेरिरहने ड्राइभर, गाडी फेरिहने अनुभवले गाडी दिन योग्य हुन्छ कि भन्ने लाग्छ भन्दै उहाँले भन्नुभयो, “गाडी फेरिरहने ड्राइभरले तपाईंहरुको गाडी चलाउँछु भनेपछि हाइड्रोजन गाडी दिएको तर गडी स्टार्ट नहुँदै म पुरानै गाडी चलाउँछु भनेपछि हामीले के गर्ने ?”

अध्यक्ष लिङ्देनले आफूहरुसँग गाडी रहेको र चलाउने सीप रहेको तर लाइसेन्स नभएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले बाटो फेरेपछि आफूहरुले इमान्दारीपूर्वक सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताउनुभयो ।

यस्तो अवस्थामा प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न राप्रपाको सहयोग चाहिन्छ भन्ने आफूलाई लागेको उहाँको भनाइ थियो ।