२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारलाई दिएको समर्थन कबुलियतनामा होइन: डोलप्रसाद अर्याल



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले सरकारलाई दिएको समर्थन कबुलियतनामा नभएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्नुभएको विश्वासको मत प्रस्तावका विषयमा भएको छलफलमा भाग लिँदै उहाँले सरकारलाई दिएको समर्थन सरकारले जे गरे पनि ठीक हो भन्ने कबुलियतनामा नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिकको मुद्दामा इमान गुमाएको दिन हामी प्रतिपक्षमा उभिनेछौँ ।”

आफ्नो पार्टीको पहलमा तयार भएको न्यूनतम साझा कार्यक्रम कार्यान्वयनको आशमा आफूहरुले सरकारलाई विश्वासको मत दिने लागेको उहाँको भनाइ थियो ।

रास्वपा प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सरकारमा गएको तर अहिले अहिले सरकारबाट बाहिरिए पनि समर्थन कायम राखेकोको भन्दै उहाँले भन्नुभयो, “तर, हामीले कसैसँग गठबन्धन गरेका छैनौँ ।”

हाम्रै पहलमा सरकारको न्यूनतम साझा कार्यक्रम तयार गरेको भन्दै उपसभापति अर्यालले त्यो आम मानिसको मुद्दा हो भन्नुभयो। “सरकारको न्यूनतम साझा कार्यक्रमलाई निरन्तरता दिने विश्वासमा हामीले विश्वासको मत दिने आधार हो । हामी गुण र दोषको आधारमा सरकारको विरोध गर्छौं”, उहाँले भन्नुभयो ।