२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री दाहालले राष्ट्रबिरोधी काम गरिरहेका छन्: सिपी गजुरेल(भिडियोसहित)



अ+ अ-

काठमाडौँ । मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीका नेता सिपी गजुरेलले प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रबिरोधी कामहरु गरिरहेको आरोप लगाउनुभएको छ ।

आईतवार इच्छुक सांस्कृतिक प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले प्रधानमन्त्री दाहालले लगातार जनबिरोधी र राष्ट्रबिरोधी कामहरु गरिरहेको आरोप लगाउँदै जनताका बीचमा लगेर ती कामहरुलाई उजागर गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले विश्वकप लिग टु क्रिकेटको आफ्नो अन्तिम खेलका क्रममा प्रधानमन्त्रीका रुपमा दर्शक बनेर कीर्तिपुर खेल हेर्न पुग्दा प्रधानमन्त्रीबिरुद्ध नाबाजी लागेपनि प्रधानमन्त्रीलाई त्यसको लाज नलागेको बताउनु भयो । उहाँले देशमा यसअघि अत्याचार, शोषण, महंगी र बेराजगारी यति धेरै नरहेको उल्लख गर्दै गणतन्त्र पछिको समाजवादउन्मुख व्यवस्थाले झनै विसंगति पैदा गरेको आरोप लगाउनु भयो । उहाँले सत्तामा रहेको माओवादी र बिद्रोही माओवादीबीच कार्यगत एकताको प्रयास भएपनि सफल नभएको बताउनु भयो ।

उहाँले माओवादीहरु डराएर एकजुट भए भन्नेकुरा गलत रहेको बताउनु भयो । उहाँले अहिले पनि माओवादीहरु एक ठाउँमा नरहेको स्पष्ट पार्नुभयो । नेता गजुरेलले जनयुद्धका मुद्दा माओवादीलाई लगाएर फौजदारी कसुरमा सजाय गराउने पक्षमा अदालत रहेको बताउनु भयो । उहाँले १६ वर्षसम्म त्यो प्रक्रियाबाट न्याय दिन नसकेपछि अब जनयुद्धका मुद्दाहरु अदालतले फैसला गर्ने योजनाअनुसार अघि बढीरहेको बताउनु भयो । उहाँले माओवादीहरुको नेतृत्वले विश्वासघात गर्दा सबै माओवादीहरु अहिले दुरावस्थाबाट गुज्रिनु परेको बताउनु भयो । उहाँले जनयुद्धमा भएका घटना अदालतले हेर्नेगरी योजना बनाइएको पनि बताउुनु भयो ।

उहाँले भन्नुभयो, ‘दु:खका साथ भन्नुपर्छ । बिडम्वना नै भन्नुपर्छ की प्रचण्ड र बाबुरामहरुले जे गरे त्यो प्रतिक्रान्ती थियो । उनीहरुले आत्समर्पण गरे । वर्गिय र दुश्मनकोबिरुद्धको आत्मसमर्पण उनीहरुले गरिसकेपछि क्रान्तीले धक्का खायो । अहिले दुश्मनहरुले यति हेपेको छ क्रान्तीकारी शक्तिलाई की यहाँ दुई जना अदालतका न्यायाधीशहरुले फैसला गरे । उनीहरुले अब जनयुद्धमा भएका घटनाहरुमा न्याय दिनका लागि पहिला सत्य निरुपण तथा मेलमिलापमा लगेर मुद्दाहरुको समाधान गर्ने भन्ने थियो अब त्यो हुँदैन । किनभने १६ वर्षसम्म त्यो प्रक्रियाबाट न्याय दिन नसकेपछि अब जनयुद्धका मुद्दाहरु अदालतले फैसला गर्छ ।

अपराधी जस्तो गरेर उनीहरुलाई फैसला गर्ने उनीहरुले योजना बनाएका छन् । जनयुद्धलाई उनीहरुले कसरी व्याख्या गरिरहेका छन् ? जनयुद्धका घटनामा माओवादीलाई दोष लगाइ फौजदारी अभियोगमा कारबाही गर्नुपर्छ भनिएको छ । आफ्नो निर्णय सुनाए । यो जनयुद्धप्रतिको अपमान हो, जनयुद्धलाई अपराधीकरण गरिएको छ । यस्तो अवस्थाबाट हामी गुज्रिनुपरेको छ । किनभने त्यो बेलाको नेतृत्वले त्यसले विश्वासघात गरेको छ । आत्मसमर्पण गरेपछि दुश्मनले अहिले हेपेर त्यस्ता निर्णय सुनाइरहेको छ । पूर्वमाओवादीको समस्या हो भनेर सोच्यौँ । जनयुद्धलाई शान्तिप्रक्रियाद्वारा समाधान गर्ने प्रक्रिया माओवादीको मात्रै काम होइन, अरुको पनि हो ।

तर उनीहरुल अहिले तमासे बनेका छन्, जनयुद्धका मुद्दा माओवादीलाई लगाएर फौजदारी कसुरमा सजाय गराउने पक्षमा गएका छन् । पूर्वमाओवादीहरुले सल्लाह गरेको थियौँ । सरकारी माओवादी र बिद्रोही माओवादीको बीचमा सल्लाह गरेका थियौँ । एउटै घानमा हाल्छौँ भनिसकेपछि सरकारी माओवादी र बिद्रोही माओवादीबीच छलफल भयो । कार्यगत एकताका लागि छलफल गरेपनि सफल भएन । माओवादी सबै मिले भन्ने प्रचार भएको छ तर हामी सबै मिलेका छैनौँ। केही पनि मिलेको छैन ।

सत्तामा भएको माओवादीसँग भइरहेको छलफल कार्यगत एकताको लागि मात्रै भएको हो भनेका छौँ तर मिडियाले डरले सबै मिले भनिरहेका छन् । जुन गलत हो । क्रिकेट खेलमा दर्शकको रुपमा प्रचण्ड गएका थिए, तर त्यो बेला नारा लाग्यो भनेर भनियो । प्रचण्ड मुर्दावाद देश छोड् भन्ने नारा लाग्यो हामीलाई त त्यो सुन्न पनि लाज लाग्छ तर उनलाई केही लागेको छैन । उनले लगातार जनबिरोधी, राष्ट्रबिरोधी कामहरु गरिरहेका छन् । हामीले जनताका बीचमा लगेर अब यी सबैकुरालाई नंग्याउन जरुरी छ । यो भन्दा अघि यति धेरै अत्याचार, शोषण, महंगी, बेराजगारी भएको थिएन । तर अहिले गणतन्त्र आएपछि सबै समस्या समाधान हुन्छ भनेर संविधान लेखे तर समाजवादउन्मुख व्यवस्थाले सबैभन्दा बढी बेरोजगार बनाएको छ ।’

नेता गजुरेलले जनयुद्धमा भएका घटनाहरुमा माओवादीलाई दोष लगाइ अपाराधीकरणको फैसला सुनाउने योजना रहेको आरोप लगाउनु भयो ।