३० कार्तिक २०८१, शुक्रबार
,
Latest
डिजेल र मट्टितेलको मूल्य बढ्यो प्रधानमन्त्रीको चीन भ्रमणः मंसिर १७ मा जाने, १८ मा राष्ट्रपतिसँग भेटवार्ता, २० मा फर्किने प्रधानमन्त्रीको चीन भ्रमणका लागि गृहकार्य भइरहेको छः परराष्ट्रमन्त्री डा राणा कोप–२९ सम्मेलन: नेपालद्वारा सात विषयगत समूह बनाई कार्यक्रममा सहभागी ऊर्जामन्त्री खड्का र नेपालका लागि जर्मनीका राजदूतबीच शिष्टाचार भेट उपनिर्वाचनका लागि ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना नेपाली यु–१९ महिला क्रिकेट टोलीलाई एनपीएलका टोलीले १० लाख दिने मिस म्यानेजमेण्ट नहुने गरी काम गर्न नेपाल बैंक व्यवस्थापनलाई गभर्नर अधिकारीको निर्देशन समाचार संकलनका लागि पुगेका पत्रकारमाथि कास्की प्रहरीको दुर्व्यवहार स्पेनको वृद्धाश्रममा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी घुम्न जाने विदेशी तथा आन्तरिक पर्यटकमा वृद्धि– फोटोफिचर



अ+ अ-

काठमाडौँ । लुम्बिनी घुम्न जाने विदेशी तथा आन्तरिक पर्यटकमा वृद्धि भएको छ ।

कोभिड–१९ महामारीको कारण लुम्बिनी भ्रमण गर्न जाने वाह्य तथा आन्तरिक पर्यटकमा कमी भएपनि २०२२ पछि पर्यटकमा वृद्धि भएको लुम्बिनी विकास कोषले बताएको हो ।

सन् २०१९ सम्म करिव १७ लाख वाह्य र आन्तरिक पर्यटक आउने गरेकोमा कारोना महामारीको कारण घटेर २०२० मा २ लाख ९२ हजार पर्यटक मात्रै आएको कोषले जनाएको छ ।  लुम्बिनी विकास कोषका प्रमुख प्रशासकिय अधिकृत ज्ञानिन राईले सन् २०२३ को पछिल्लो तीन महिना सम्ममा २५ हजार बढी विदशी पर्यटक आगमन भएको बताउनु भयो ।

उहाँले २०२१ मा ११९७ जना विदेशी,४३ हजार ७३२ भारतीय र आन्तरिक ४ लाख ६३ हजार ९६३ पर्यटक आएको बताउनु भयो । उहाँले २०२२ मा विदेशी पर्यटक २३ हजार ९४२,भारतीय २ लाख ३० हजार ८६३ र आन्तरिक ६ लाख ४९ हजार ७८ पर्यटक लुम्बिनी घुम्न आएको बताउनु भयो । उहाँले २०२२ पछि लुम्बिनी घुम्नको लागि आउने आन्तरिक वाह्य तथा भारतीय पर्यटकमा वृद्धि हुँदै गएकाले आगामी दिन बढ्दै जाने आशा जगाएको बताउनु भयो ।

उहाँले तिलौराकोट संरक्षित स्मारक क्षेत्र सन् २०२५ सम्म विश्व सम्पदा सूचीमा सूचीकरण गर्ने गरी काम अगाडि बढाएको बताउनु भयो । उहाँले १९९६ मा विश्व सम्पदामा राख्ने सूचिमा राखेर पनि अहिले सरकारले बजेट छुट्याएर नै प्राथमिकतामा राखेको बताउनु भयो । उहाँले तिलौराकोटको २०१४ देखि जापनिज फन्ड ईन ट्रस्टको सहयोगमा र युनेस्कोको संयोजनामा बेलायतको दुर्हम विश्व विद्यालय र पुरातत्व विभागको पुरातत्वविद्हरुको टोलीले उत्खनन र अनुसन्धान गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ लुम्बिनीमा सन् २०१९ सम्म करिव १७ लाख वाह्य र आन्तरिक पर्यटक आउने गरेका थिए । जसमा पासवर्डहोल्डर १ लाख ७५ हजार थियो भने सबै गरेर १८ लाख पर्यटक पुगेको थियो । कोभिडपछि लुम्बीनीमा पर्यटक घटेर कम भयो । २०२० मा २ लाख ९२ हजार पर्यटक मात्रै आएका थिए । सन् २०२० आशा लाग्दो भएको छ । २०२१ मा ११९७ जना विदेशी,४३ हजार ७३२ भारतीय र आन्तरिक ४ लाख ६३ हजार ९६३ पर्यटक आएका थिए । २०२२ मा विदेशी पर्यटक २३ हजार ९४२,भारतीय २ लाख ३० हजार ८६३ र आन्तरिक ६ लाख ४९ हजार ७८ पर्यटक लुम्बिनी घुम्न आएका थिए ।’

‘सन् २०२३ को जनवरी फ्रेव्रुअरी र मार्च तीन महिनामा विदशी पर्यटक २५ हजार बढी आगमन भएको छ । बुद्धको दरबार रहेको तिलौराकोट संरक्षित स्मारक क्षेत्र विश्व सम्पदा सूचिमा सूचिकरण गर्ने प्रक्रिया अगाडि बढाएका छौं । पछिल्लो समय विकासिल मुलुकहरुले पुरातात्विक स्थानहरुलाई विश्व सम्पदा सूचिमा सूचिकरण गर्ने काम गरिरहेका छन् । त्यसको लागि धेरै खर्च गर्ने प्रचलन बढेको छ । १९९६ मा विश्व सम्पदामा राख्ने सूचिमा राखेर पनि अहिलेसम्म राख्न सकिएको थिएन तर अहिले सरकारले बजेट छुट्याएर नै प्राथमिकतामा राखेको छ । तिलौराकोटको २०१४ देखि उत्खनन र अनुसन्धान गरिरहेका छौैं ।’

‘जापानिज फन्ड ईन ट्रस्टको सहयोगमा र युनेस्कोको संयोजनामा बेलायतको दुर्हम विश्व विद्यालय र पुरातत्व विभागको पुरातत्वविद्हरुको टोलीले उत्खनन र अनुसन्धान गरेको हो । अहिले पनि वैज्ञानिक तरिकाले उत्खनन, अन्वेषण,, भूभौतिक सर्वे, ड्रोन फोटोग्राफी फिल्ड बाकिङ सोसोईकनोमिक सर्वे भिजिटर सर्वे गरी अध्यययन अनुसन्धान गरिएको छ । सन् २०२५सम्म विश्व सम्पदा सूचिमा समावेश गराउने गरी काम गरिरहेका छौं । लुम्बिनी विकास कोषले लुम्बीनी गुरुयोजना दुई वर्ष भित्र सक्नेगरी स्रोत जुटाएर काम गर्ने योजना बनाएको छ । गुरुयोजना बनाउनको लागि ७ अर्ब ५० करोड बराबरको स्रोत सुनिश्चिता भएको छ ।’

उहाँले तिलौराकोट क्षेत्रका जग्गा अधिकरण गरेर अहिले पनि वैज्ञानिक तरिकाले उत्खनन, अन्वेषण,, भूभौतिक सर्वे, ड्रोन फोटोग्राफी फिल्ड बाकिङ सोसोईकनोमिक सर्वे भिजिटर सर्वे गरी अध्यययन अनुसन्धान गरिएको बताउनु भयो । उहाँले लुम्बिनी विकास कोषले लुम्बिनी गुरुयोजना दुई वर्षभित्र सक्नेगरी स्रोत जुटाएर काम गर्ने योजना बनाएको बताउनु भयो । उहाँले गुरुयोजना सम्पन्न गर्नको लागि ७ अर्ब ५० करोड बराबरको स्रोत सुनिश्चिता भएको पनि बताउनु भयो ।