• ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
  •   Unicode
Logo

राष्ट्रपति पौडेलको निमन्त्रणामा शीतलनिवासमा सांसदहरूको चियापान



काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद तथा प्रदेश सभाका सांसदहरूका लागि चियापान कार्यक्रम आयोजना गर्नुभएको छ ।

शीतलनिवासमा राष्ट्रपति पौडेलले भेटघाट तथा चियापान कार्यक्रम राख्नुभएको हो ।

शुक्रबार भएको उपराष्ट्रपति निर्वाचनमा मतदान गर्न काठमाडौं आएका प्रदेश सांसदहरू लगायतलाई चियापानमा सरिक गराइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत नेताहरू सहभागी हुनुहुन्छ ।