३ पुष २०८२, बिहीबार
,
Latest
निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश प्रधानमन्त्रीलाई जेनजी प्रतिनिधिको सुझाव– घाइते र शहीद परिवारका माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु यस्तो बन्यो एमालेको टिम सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः जेन–जी प्रतिनिधि लेनिन बिष्ट रवि र छविको मुद्दामा बहस सकियो जेन–जी आन्दोलनका घाइते, शहीद परिवारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने व्यवस्था मिलाइँदैछः श्रममन्त्री भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

मतपरिणाम घोषणा भएलगत्तै नवनिर्वाचित नेताहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शपथ लिएका हुन् । महाधिवेशनबाट केपी शर्मा ओली नै पार्टी अध्यक्षमा पुनः निर्वाचित हुनुभएको छ । उहाँले प्रतिष्पर्धी ईश्वर पोखरेललाई पराजित गर्दै तेस्रो कार्यकालका लागि नेतृत्व हात पार्नुभयो ।

यसैगरी उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङले सबैभन्दा बढी मत प्राप्त गर्नुभयो भने अन्य उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा, गोकर्ण विष्ट र रघुजी पन्त हुनुहुन्छ । शंकर पोखरेल महासचिवमा विजयी हुनुभयो भने उपमहासचिवमा रघुवीर महासेठ,लेखराज भट्ट र योगेश भट्टराई विजयी हुनुभयो । सचिवमा खगराज अधिकारी र पद्मा अर्याल, हिक्मत कार्की, महेश बस्नेत, छविलाल विश्वकर्मा, यामलाल कँडेल, शेरधन राई, भानुभक्त जोशी, खगराज अधिकारी, राजन भट्टराई विजयी हुनुभयो । विजेता सबैले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।

शपथ ग्रहण कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरूले पार्टी विधान र नीतिप्रति निष्ठा राख्ने तथा जनताको सेवामा समर्पित हुने प्रतिवद्धता व्यक्त गरेका छन् । १९ सदस्यीय पदाधिकारी टोलीमा अधिकांश पुराना अनुहारहरू नै निरन्तरता पाएका छन् भने केही नयाँ अनुहारहरू पनि समावेश भएका छन् । महाधिवेशनले पार्टीको संगठनात्मक संरचनालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । यस महाधिवेशनले एमालेको आन्तरिक एकतालाई मजबुत बनाउँदै आगामी दिनमा सरकार र विपक्षी भुमिकामा प्रभावकारी भुमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।