१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे
अ अ+ अ-

कास्की। गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

लेखनाथ उद्योग वाणिज्य सङ्घद्वारा आयोजित २१औँ संस्करणको लेखनाथ महोत्सवको आज पोखरा–२७ को तालचोकमा उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले राजनीतिक स्थिरताबिना देशमा कुनै पनि गतिविधि अगाडि बढ्न नसक्ने कुरा बताउनुभएको हो ।

यदि फागुन २१ गते निर्वाचन सम्पन्न गर्न सकिएन भने देशमा ठूलो राजनीतिक सङ्कट निम्तने भनाइ उहाँको थियो । राजनीतिक स्थिरताले मात्र देशमा उद्योग व्यवसाय फस्टाउनुको साथै रोजगारी सृजना र राजस्वसमेत वृद्धि भई देशको अर्थतन्त्र बलियो हुने भनाइ उहाँले थियो ।

प्रदेश सरकारले उद्योग व्यवसायमा लगानीमैत्री वातावरण सृजना गर्ने र उद्योग व्यवसाय सञ्चालन र विकासमा  प्रदेशका कुनै ऐन कानुन बाधक भए ती ऐन कानुन संशोधन गर्न प्रदेश सरकार तयार रहेको उहाँले बताउनुभयो ।

गण्डकी प्रदेशमा उद्योग व्यवसाय स्थापना गर्न पोखराको लेखनाथस्थित पुडिटार र नवलपुरमा जग्गा प्राप्तिका लागि गण्डकी प्रदेश सरकारले आफ्नो योजना अगाडि वढाएको बताउँदै उहाँले गण्डकी प्रदेशमा उद्योग, पर्यटन र कृषिको प्रचुर सम्भावना रहेको उहाँले बताउनुभयो ।

युवालाई विदेश पलायनबाट रोक्न नयाँ कामको सृजना गर्नुपर्नेमा जोड दिँदै उहाँले निजी क्षेत्रसँग सहकार्य गरेर प्रदेश सरकार अगाडि बढ्ने भनाइ उहाँको छ । स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर गण्डकी प्रदेश सरकार घरेलु मदिरालाई ब्राण्डिङ गरी सकिएको र गाँजालाई पनि घरेलु औषधिका रुपमा प्रयोगमा ल्याउने तयारीका साथ सरकार अगाडि बढेको भनाइ उहाँको छ ।

गण्डकी प्रदेशको मुस्ताङ र तिब्वत जोड्ने कोरला नाकाले तिब्बत र यस क्षेत्रको व्यापार व्यवसायमा ठूलो महत्व राख्ने हुँदा गण्डकी प्रदेशको अर्थतन्त्र बलियो बनाउन थप मद्दत पुग्ने भनाइ उहाँको छ ।

गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले देशमा भएका विभिन्न घटना क्रमले उद्योगी व्यवसायको मनोबल खस्केको हुँदा उनीहरुको मनोबल उचो बनाउन सर जोड दिनुभयो । त्यसैगरी गण्डकी प्रदेशमा वन तथा वातवरणमन्त्री भेषबहादुर पौडेलले निजी क्षेत्रबिना देशको अर्थतन्त्र बलियो हुन नसक्ने भएकाले निजी क्षेत्रसँग सहकार्य गर्दै सरकार अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले निजी क्षेत्रलाई अगाडि बढाउन सकेको खण्डमा देशको अर्थतन्त्र बलियो हुने कुरामा जोड दिनुभयो । उक्त कार्यक्रम लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष जानुका पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

स्थानीय उत्पादन, कृषि, हस्तकला, औद्योगिक उत्पादनको बजारीकरणका कला, संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजित उक्त महोत्सव यही पुस ३ गतेदेखि १४ गतेसम्म सञ्चालन हुनेछ । महोत्सव ‘लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने नारासहित सञ्चालन गरिएको छ ।

रु नौ करोड बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको महोत्सवका प्रचारप्रसार व्यवस्थापन संयोजक ध्रुवबाबु भट्टराईले बताउनुभयो । महोत्सवबाट रु ९५ लाख खर्च आम्दानी र रु ८५ लाख खर्च भई रु १० लाख बचत हुने अनुमान छ ।

महोत्सवबाट हुने बचत रकमबाट नवउद्यमी उत्पादनमा पहल, उद्यमशीलता विकास, औद्योगिक क्षेत्र निर्माणका लागि पहल, पर्यटन प्रवर्द्धनसहित सामाजिक उत्तरदायित्वका क्षेत्रमा खर्च गरिने आयोजकले जनाएको छ ।

दुई लाख ५० हजार दर्शकले महोत्सव अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सवका आकर्षणका रुपमा औद्योगिक व्यापार मेला, स्थानीय कला संस्कृतिको प्रदर्शन, हस्तकलाका सामग्री, सूचना प्रविधि तथा सञ्चारका उपकरण, अटोमोबाइल, वित्तीय संस्थाको सेवा तथा जानकारी दिने स्टलहरु राखिएका छन् ।

स्थानीय रुपमा उत्पादित माछा, मह, सुन्तला, कफी, ताजा तरकारी, दुग्धजन्य उत्पादन, कन्सर्ट, दोहोरी गीत प्रतियोगिता, खाना महोसव तथा बाल उद्यान सञ्चालन गरिने प्रचारप्रसार व्यवस्थापन संयोजक भट्टराईले जानकारी दिनुभयो ।