३ पुष २०८२, बिहीबार
,
Latest
मुन्दुम पदमार्ग क्षेत्रमा पदमार्ग निर्माण विद्यालय बस चालकलाई ट्राफिक सचेतना कक्षा जाडो बढेसँगै हिमालीबाट तल झर्ने बढे चलचित्र ‘कुमारी’को दोस्रो गीत ‘तिमी बिना’ सार्वजनिक नेपालमै पहिलो ह्वीलचेयर रग्बी मैत्रीपूर्ण खेल सम्पन्न, बिआइए इन्स्टिच्युट विजयी सभापति रविको रिहाइले मुलुकको राजनीतिकवृत्तमा उर्जा संचार गरेको छ: डोलप्रसाद अर्याल मिडियालाई जीवन्त राख्न तीनै तहका सरकार गम्भीर बन्नुपर्नेमा जोड रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह



अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षका प्रत्यासी ईश्वर पोखरेलले सामूहिक नेतृत्व, विधि र पद्धतिअनुसार सही र लोकतान्त्रिक तरिकाले पार्टीलाई सञ्चालन गर्न नवनिर्वाचित नेतृत्वलाई सुझाव दिनुभएको छ ।

निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भई अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएपछि पहिलो प्रतिक्रिया दिँदै निवर्तमान वरिष्ठ उपाध्यक्ष पोखरेलले महाधिवेशनको दौरानमा उठाएका जनताको बहुदलीय जनवादको प्रकाशमा पार्टीलाई नियन्त्रण र सन्तुलनको सिद्धान्तअनुसार सञ्चालन हुनुपर्ने बहसले नयाँस्तरमा निरन्तरता  पाउने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

नयाँ नेतृत्वलाई बधाई र शुभकामना दिँदै उहाँले आफू विजयी बन्न नसके पनि देशभक्तिपूर्ण तथा लोकतान्त्रिक आन्दोलन र समाजवादको आधार निर्माण गर्ने एमालेको अभियानमा सहभागिता र संलग्नता अटुट रूपमा रहिरहने विश्वास दिलाउनुभएको छ । रासस