११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल

ओलीको आक्रोश: निसानामा शेरबहादुर, माधब नेपाल , प्रचण्ड देखी जनमोर्चा सम्म(भिडियो सहित)

ओलीको आक्रोश:  निसानामा शेरबहादुर, माधब नेपाल , प्रचण्ड देखी जनमोर्चा सम्म(भिडियो सहित)
अ अ+ अ-

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस प्रचण्डपथमा हिडेको टिप्पणी गर्नुभएको छ ।  स्वर्गीय जननेता मदन भण्डारीको ७० औ जन्मजयन्तीको अवसरमा सोमबार काठमाण्डौमा आयोजत कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस प्रचण्ड पथमा हिडेको बताउनुभएको हो । उहाँले कांग्रेसका नेताहरु नाथुराम गोड्से खोजी खोज्ने र फेला नपरे नाथुराम गोड्से आफै हुने तहमा पुगेको दाबी गर्नुभयो ।  कांग्रेस प्रचण्डपथमा हिडेपछि प्रचण्डपथको छाँया न्यायलयमा पनि परेको दाबी प्रधानमन्त्री ओलीले गर्नुभयो ।

उहाँले भन्नुभयो “नेपाली कांग्रेस प्रचण्डपथमा हिडेपछि, नेपाली कांग्रेसका नेताहरु नाथुराम गोड्से खोजी गर्ने, खोजी गर्दा भेटिएन भने नाथुराम गोड्से आफै हुने तहमा पुगेको भनेको प्रचण्डपथ नै अंगालेको हो । उसैत अराजनीतिक अस्थिरताको खेती । देश कता जान्छ भन्ने मतलब छैन । त्यो कुरामा पुग्नुभनेको स्वभाविक रुपमा प्रचण्डपथ नै अंगालेको हो । प्रचण्डपथ यति व्याप्त भईसक्यो ।

नेपाली कांग्रेसले अंगालेपछि त्यसलाई आफ्नो मार्गदर्शक सिद्धान्त कांग्रेसले बनाएपछि अहिले प्रचण्डपथ सुप्रिप कोटमा पनि चर्चा हुन्छ । फ्रान्स र बेलायतका राजाहरु किन काटिन्थे भन्दा अहिलेको राष्ट्रपति र प्रधानमन्त्रीले गरेजस्तै गर्दा रहेछन् र पो काटिदा रहेछन् । अथवा अहिलेका राष्ट्रपति र प्रधानमन्त्रीलाई पनि काट्नुपर्छ । यो कुरा त प्रचण्डका एकजना कार्यकर्ताले त सर्वोच्च अदालतमा नै भने । नेपाली कांग्रेसका कार्यकर्ताले नाथुराम गोड्से मै बन्छु भने । ”

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालत अदालत भित्रै हिंसालाई दुरुत्साहन गर्ने काम भईरहँदा पनि मौन बसेको भनी सर्वोच्च अदालतका न्यायाधीशको भूमिकाप्रति असन्तुष्ठी जनाउनुभयो । उहाँले भन्नुभयो “आश्चर्य लाग्छ सर्वोच्च अदालतले हिंसालाई यस्तो दुरुत्साहन गर्ने वक्तव्य दिंदा रोक्ने काम गरेको पाईएन । यस्तो हिंसालाई दुरुत्साहन गर्ने काम अदालतमा गर्नुहुन्न अथवा विद्धान अभिवक्ता ज्यूहरु तपाईहरुले आफ्नो वक्तव्य सम्हालेर राख्नुहोस् भनेर के न्यायमुर्तिहरुले सुझाव पनि राख्न सक्नुुहुदैन ? ”

माधव कुमार नेपाल शेरबहादुरको कार्यकर्ता, प्रचण्डको पुच्छर

प्रधानमन्त्री ओलीले नेकपा एमालेका वरिष्ठ नेता एवं पुर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्यकर्ता र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललको पुच्छर भएको टिप्पणी गर्नुभयो । नेता नेपालले आफुले प्रधानमन्त्रीको प्रस्ताव गरेको भनी जनता माझ झुटको राजनीति गरेको दाबी प्रधानमन्त्री ओलीले गर्नुभयो ।
उहाँले भन्नुभयो “प्रधानमन्त्रीको प्रस्ताव मैले माधव नेपाल भन्ने व्यक्तिलाई राखेँ अरे । माधव नेपालले आफै भन्दै हिडेका छन् मलाई प्रधानमन्त्रीको प्रस्ताव राखे तर म मान्दिनँ । म शेर बहादुर देउवा प्रति यति सर्मपित छु । म देशलाई, पार्टीलाई, जनतालाई धोका दिन्छु । पार्टीलाई ध्वस्त पार्ने मैले कसम खाएको छु । शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउने कसम खाएको छु । उनी शेरबहादुर देउवाको पार्टी नै ज्वईन गर्न पनि सक्छन् । कार्यकर्ता भएर हिडेका छन् । प्रचण्डको पार्टी त उनलाई ज्वईन गर्नुनै छ । त्यो त उनको गन्तव्य नै हो । मैले धेरै अगाडि भनेको थिएँ ।

माधव नेपाल भनेको प्रचण्डको एउटा मामुली कार्यकर्ता हुन् । तर धाक के लगाएर हिडेका छन् भने प्रधानमन्त्री केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राखेका छन् । मलाई बहुलाहा कुकुरले टोकेको छ र ? कोही काम नपाएर, कोही मान्छे नभेटाएर यस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव केपी ओलीले राख्ला ?”कहिले अध्यक्ष त कहिले प्रधानमन्त्रीको प्रस्ताव आएको छ भनी आफै आफ्नो महत्व बढाएर नेता नेपालले झुटको राजनीति गरेको दाबी प्रधानमन्त्री ओलीले गर्नुभयो । नेता नेपालले कम्युनिष्ट विचार धारा, सिद्धान्त र निष्ठा छोडेर नेकपाका अध्यक्ष दाहालको पुच्छर भएको दाबी प्रधानमन्त्री ओलीले गर्नुभयो ।

उहाँले भन्नुभयो “यीनी एकढंगले भन्ने हो भने प्रचण्डको पुच्छर हुन् । जन्तु पुर्वतिर फर्कियो भने पुच्छर पश्चिमतिर हुन्छ , पश्चिमतिर फर्कियो भने त्यो (पुच्छर) पुर्वतिर हुन्छ । फर्किन्छ । पछाडि पछाडि संगै हुन्छ क्या त्यो । उनी यता जाउँ भने भने पछि पछि त्यतै लाग्छ । काग्रेसतिर जाउँ भनेपछि त्यतै पछि पछि लाग्छ । ” उहाँले पछिल्लो समय नेपाली राजनीतिमा नेता नेपालको चर्चा नाथुराम गोड्सेको रुपमा हुने गरेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो “माधव नेपाल भन्ने एकजना कांग्रेसका पछाडि कुद्ने मान्छे छन् । अहिले नेपालको राजनीतिमा सबैजसोले नै चिन्छन् प्रायः । किनभने असाध्यै चर्चा भईरहेको छ कि यतिसम्म पनि मान्छे पतन हुन सक्दो रहेछ । आफ्नो पार्टीको सरकार ढाल्ने प्रमुख प्रतिपक्षीको नेतृत्वमा सरकार बनाउने । कम्युनिष्ठ आन्दोलन सिध्याउने अर्कोतिर लागिसक्ने अनि नेकपा एमालेको वरिष्ठ नेताहुँ भनेर हिड्ने । यस्तो लाजशरम पचेको मान्छेको चर्चा सकारात्मक हिसावले मात्रै होइन नकारात्मक हिसाबले हुन्छ नि । गान्धीको मात्रै चर्चा हुदैन नाथुराम गोड्सेको पनि चर्चा हुन्छ ।”

प्रधानमन्त्री ओलीले राजनीतिक दलका नेताहरुले आफ्ना कार्यकर्ताहरुलाई विचार बोक्न भई स्वार्थ बोक्न लगाउने गरेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो “राजनीतिक कार्यकर्ताहरुलाई कार्यकर्ताबाट जनमा परिणत गरिदिने । कार्यकर्ताहरुलाई विचार बोक्न लगाउने होइन स्वार्थ बोक्न लगाउने । स्वार्थको वितरण गर्ने । विचारको सम्प्रेषण होइन । स्वार्थको वितरण । र झुट र वेइमानीको सहारा लिने ।

केही मान्छेहरु अहिले हामीले देखिराखेका छौ । विचार हरायो । उद्देश्य हराए । देशलाई कहाँ पुराउने हो त्यो कुरो र्विसिए । सम्मृद्ध नेपाल सुखी नेपाली उहाँहरु उच्चारण पनि गर्नुहुन्न । जनताको ध्यान त्यतातिर जान्छ, कार्यकर्ताको ध्यान त्यता जान्छ । त्यसपछि व्यक्तिगत स्वार्थ, अंहकारहरु, महत्वकाक्षाहरु र कुण्ठाहरुको व्यापार चल्दैन । ”

 प्रचण्ड छेपारो जस्तो-“निलवर्ण संघार” कथाको पात्र

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सिद्धान्तको राजनीति भन्दा अवसरवादी स्वार्थको राजनीतिमा लागेको टिप्पणी गर्नुभयो । उहाँले लोकतान्त्रिक शासन प्रणाली विरुद्ध नै शसस्त्र युद्ध गरेर ठूलो मानविय क्षति पुराएका दाहालले कहिले गणतन्त्र आफुले ल्याएको त कहिले गणतन्त्र भन्दा राजानै राम्रो भन्दै हिडेको बताउनुभयो । अध्यक्ष दाहालले छेपारोले जस्तो गरि स्वार्थ र परिवेश अनुसार धारणा बदल्दै हिडेको टिप्पणी प्रधानमन्त्री ओलीले गर्नुभयो ।

उहाँले भन्नुभयो “प्रचण्डले अस्ति राष्ट्रपति भन्दा त राजै राम्रो के के भने क्यार .. मान्छेले छक्क माने । किन छक्क मान्ने छेपारोले रंग एकएकछिनमा फेर्छ त । खैरो मुढामा गयो भने खैरो खैरो खालको रंग बनाउँछ । अर्को हरियोमा गयो भने हरियो हरियो रंग बनाउँछ । अलि कालो बोक्रो भएको ठाउम पुग्यो भने कालोकालो बनाउँछ । छेपारोले रंग फेर्छ त । कहिले कम्फर्टेबल सरकार बनाईदिन्छु भन्छ कहिले –यस्तो हुँदा पनि हाम्रा लोकतान्त्रिक छिमेकीहरु के हेरेर बसेका छन् ? किन हस्तक्षेप गर्देनन् भन्छ । कहिले गणतन्त्र ल्याउने मै हुँ भन्छ । कहिले गणतन्त्र भन्दा त राजतन्त्रै राम्रो भन्न पुग्छ । कहिले विदेशबाट हतियार ल्याएर नेपाली जनताको नरसंहार गर्छ । ”

प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल “निलवर्ण संघार” कथाको पात्र जस्तो चरित्रको भएको दाबी गर्नुभयो । प्रचण्डको काम नै देशलाई बर्रबाद गर्ने भएको भन्दै उहाँले प्रचण्डलाई पनि पृथकतावादीहरुलाई राजनीतिकोमुल धारमा ल्याएजस्तै लोकतान्त्रिक मार्गलाई ल्याउन जरुरी रहेको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चाको स्वार्थनीति

प्रधानमन्त्री ओलीले राष्ट्रिय जनमोर्चाको भूमिकामाथि पनि तिखो टिप्पणी गर्नुभयो । राष्ट्रिय जनमोर्चाले राजनीति र सिद्धान्तलाई नभई स्वार्थ नीतिलाई केन्द्रभागमा राखेर काम गरेको दाबी प्रधानमन्त्री ओलीले गर्नुभयो । उहाँले आफ्ना एकजना प्रतिनिधिलाई जसरी भएपनि मन्त्री बनाउने प्रयासमा कांग्रेसलाई समर्थन गरेको दाबी गर्नुभयो । उहाँले पछिल्लो समय राजनीतिक दल र तीनका नेताले स्वार्थ केन्द्रीत राजनीति गरेका कारण राजनीतिक सिद्धान्त, बर्गिय राजनीतिक, गन्तव्य र उद्देश्यका सवालहरु ओझेल पर्दै गएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्रीले बौद्धिक जगतलाई क्षणिक आवेश र उत्तेजनामा नआउन आग्रह गर्नुभयो । बुद्धिजीवीहरुलाई देश र जनताप्रति उत्तरदायी भएर आफ्ना अभिव्यक्ति दिन पनि उहाँले सुझाउनुभयो ।

भण्डारीको योगदानको चर्चा

विचारलाई व्यवहारमा कार्यान्वयन गर्ने संगठित प्रयास स्वर्गीय मदन भण्डारीले गरेको भन्दै प्रधानमन्त्री ओलीले भण्डारीको राजनीतिक सोच , विचार, व्यवहार तथा समग्र योगदानको चर्चा गर्नुभयो । जननेता भण्डारी सताब्दी नायक रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय राजनीतिमा नेता भण्डारीले पारेको प्रभावको पनि प्रधानमन्त्री ओलीले चर्चा गर्नुभयो । उहाँले मदन भण्डारीको स्कुलिङ अहिलेको जस्तो झुट र बेइमानीको नभई सत्य र निष्ठाको रहेको बताउनुभयो । उहाँले राजनीतिक दल, नेता तथा कार्यकर्ताले देश र जनताको हित हुने गरि सत्य र निष्ठाको राजनीतिक मार्ग अपनाउनुपर्नेमा जोड दिनुभयो ।