२८ भाद्र २०८३, आईतवार
,
Latest
जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने… भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति ट्रक दुर्घटनामा चालकको मृत्यु मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय संगीतकार बप्पी लाहिरीको ६९ वर्षको उमेरमा निधन



अ+ अ-

काठमाडौं । आफ्नो संश्लेषित डिस्को बीट्सका लागि परिचित भारतीय संगीतकार बप्पी लाहिरीको ६९ वर्षको उमेरमा निधन भएकाके छ । हिजो राति मुम्बईको एक अस्पतालमा उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेको छ ।

उनी पछिल्लो एक महिनादेखि स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा उपचाररत थिए । मध्यरातको केही समय अगाडि ओएसए (अवब्स्ट्रक्टिव स्लीप एपनिया) का कारण उनको मृत्यु भयो,’ क्रिटिकेयर अस्पतालका निर्देशक डा. दीपक नामजोशीले जानकारी दिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

बप्पी लाहिरी, भारतीय चलचित्र संगीतमा सबैभन्दा प्रभावशाली व्यक्तित्वहरू मध्ये एक थिए । जस्ले, डिस्को डान्सर, डान्सडान्स, चलते चलते र नमक हलाल जस्ता फिल्महरूको लागि सुपरहिट साउन्डट्र्याकहरू रचना गर्नेका थिए । 

संगीतकार बप्पी लाहिरी आफ्नो ट्रेडमार्क सुनको चेन र सनग्लासले ड्यासिङ फिगरबाट निकै चर्चित रहेका थिए ।