• ४ असार २०८१, मंगलवार
  •      Tue Jun 18 2024
  •   Unicode
Logo

बागमती प्रदेशले क्रिकेट खेलाडीहरुलाई जनहि एक लाख पुरस्कार दिने



फाईल फोटो

बागमती । बागमती प्रदेश सरकारले आइसिसी विश्वकप लिग–२ अन्तर्गत उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडीलाई पुरस्कृत गर्ने भएको छ । प्रदेश सरकारले खेलाडीहरुलाई जनही रु एक/एक लाख पुरस्कार दिने घोषणा गरेको हो ।

क्रिकेटका माध्यमबाट इतिहास बनाउन सफल भएकामा प्रोत्साहनस्वरुप सो रकम पुरस्कार दिने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले जानकारी दिनुभयो ।

क्रिकेट खेलाडीहरुले उत्कृष्ट खेलेका कारण देशको शिर उचाइमा पुर्याएकामा प्रदेश सरकारले गौरव गरेको उहाँले बताउनुभयो । युएईमाथि प्राप्त जितले नेपाल तालिकाको तेस्रो स्थानमा रहेर विश्वकप छनोटमा पुगेको होे । विश्वकप लिग–२ का सहभागी सात टोलीमध्ये शीर्ष तीन टोली विश्वकप छनोटमा पुग्ने प्रावधान रहेको छ ।