३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनेकौँ चलखेल भए पनि उपराष्ट्रपति चुनाव आफू अनुकूल हुने देख्दैछु– अष्टलक्ष्मी



फाईल फोटो
अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति पदकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले निर्वाचन आफू अनुकूल हुँदै गरेको बताउनुभएको छ ।

संसद् भवन नयाँ बानेश्वरमा शुक्रबार पत्रकारहरुसँग उहाँले राष्ट्रपति निर्वाचनमा अनुकूल नभए पनि उपराष्ट्रपति निर्वाचन आफू अनुकूल भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “निर्वाचनमा अनेकौँ चलखेल हुन्छन् तर यसमा मैले श्रेष्ठता हासिल गर्नेछु ।” स्वस्थ, अस्वस्थ, मर्यादित र अमर्यादित जस्ता अनेकौँ चलखेल भए पनि त्यसमा श्रेष्ठता हासिल गर्ने उहाँको भनाइ थियो ।

संविधानमा राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग वा समुदायको हुनुपर्ने लेखिए पनि राष्ट्रपति पुरुष भएकाले उपराष्ट्रपति महिला नै हुनुपर्ने उहाँको जिकिर थियो ।