१९ भाद्र २०८३, शुक्रबार
,
Latest
श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली प्रयाङ्कस्टर आकाश सेडाई पक्राउ



अ+ अ-

काठमाडौं । प्रयाङ्कको नाममा सर्वसाधारण व्यक्तिहरुलाई शारीरिक तथा मानसिक हैरानी दिने कसुरमा नेपाली प्रयाङ्कस्टर युट्युब च्यानलका सञ्चालक आकाश सेडाई पक्राउ परेका छन् ।

उनलाई काठमाडौं भोटाहिटी प्रहरी प्रधान कार्यलय साईबर ब्युरोले सार्वजनिक स्थलहरुमा मजाक, ख्यालठट्टा वा मस्करीको नाममा सर्वसाधारण व्यक्तिहरुलाई शारीरिक तथा मानसिक रुपमा सास्ती दिने, हैरानी पार्ने र दिक्दार लगाउने जस्ता क्रियाकलापहरु गरी सोको गोप्य भिडियो तयार गरी उक्त भिडियो युट्युब च्यानलमा राख्ने गरेको कसुरमा पक्राउ गरेको प्रहरी वरिष्ठ उपरिक्षक नविन्द अर्यालले जानकारी दिएका हुन् । 

प्रयाङ्कस्टर आकाश सेडाईको स्थाई ठेगाना झापा विर्तामोड न.पा. वडा नं. ४ भएपनि उनी हाल भक्तपुर जिल्ला कौशलटार बस्दै आएका  थिए ।

२७ वर्ष उमेरका प्रयाङ्कस्टार आकाश सेडाईलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाण्डौबाट हिजो (मंगलबार) प्रहरीले पक्राउ गरेको थियो । उनलाई काठमाण्डौ जिल्ला अदालतको आदेशअनुसार ७ (सात) दिन म्याद थप गरी अनुसन्धान भैरहेको पनि प्रहरीले जानकारी दिएको छ ।