काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण रेकर्ड गरेर राख्नुपर्ने बताएका छन् ।
विपक्षी गठबन्धनद्वारा नागरिक समाजका अगुवाहरुसँगका छलफलमा यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले भने ओलीले ‘मलाई बहुला कुकुरले टोकेको छ‘ र भन्ने जस्ता शब्द प्रयोग गरेको भन्दै उनले भने, ‘उहाँका हिजो र आजका भाषणहरु ध्यान दिन लायक छन् । रेकर्ड गरेर राख्नुहोला, म पनि खोजिरहेको छु ।’
नेता नेपालले आफू पार्टीको नेताको हैसियतमा नआएको भन्दै गठबन्धन भनेको संविधानको रक्षाका लागि रहेको र यसमा आफू विचलित नहुने पनि बताए ।