२१ असार २०८३, आईतवार
,
Latest
ब्राजिललाई हराउँदै नर्वे विश्वकपको क्वाटरफाइनलमा प्रवेश कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारीले पदको गरिमालाई नै समाप्त पारेको देउवाको आरोप



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति पदको गरिमालाई नै समाप्त पारेको आरोप लगाउनुभएको छ । 

विपक्षी गठबन्धनले सोमबार संघीय संसद भवनको लोत्सेहलमा बुद्धिजीवीसंग गरेको अन्र्तरक्रियामा बोल्दै उहाँले संविधानले दिएको राष्ट्रपतिको पदिय जिम्मेबारी र कर्तव्य पुरा नगरेर  राष्ट्रपति भण्डारीले पदिय गरिमालाई नै समाप्त पारेको बताउनुभएको हो । संसदको कुनै पनि सांसदले बहुमत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा प्रधानमन्त्री हुन सक्ने व्यवस्था संविधानले गरेको उल्लेख गर्दे उहाँले बहुमत पुराएर प्रस्ताव लैजादा पनि राष्ट्रपतिले संविधानको व्यवस्था अनुसार प्रधानमन्त्रीमा नियुक्त नगरेर ओलीको कार्यकर्ता बनेको दोहोर्याउनुभयो ।

संविधानको अन्तिम व्याख्या गर्ने संस्था अदालत भएको र न्यायलयको निश्पक्षता तथा स्वतन्त्रतामा विश्वास गर्ने उल्लेख गर्दै उहाँले संविधानमा भएको व्यवस्था अनुसार नै अदालतको फैसला आउनेमा आफुहरु विश्वस्त रहेको बताउनुभयो । उहाँले अदालतले स्वतन्त्र न्यायलयको छबि कायम नै राख्नेमा आफु विश्वस्त रहेको पनि बताउनुभयो ।
उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘छुद्र भाषा बोल्ने मान्छेले के देश चलाउँछ ?’भनी प्रश्न गर्नुभयो  ।

उहाँले भन्नुभयो “रेस्पेक्ट गर्न सक्ने व्यक्तिले देश बनाउँछ । छुद्र भाषामा बोलेर केही हुदैन । छुद्र भाषा बोल्ने मान्छेले के देश चलाउँछ ?” प्रधानमन्त्री ओलीले सोमबार राजधानीमा आयोजित सार्वजनिक कार्यक्रममा सभापति देउवालाई लोकतान्त्रिक मुल्य मान्यता छोडेर प्रचण्डपथमा हिडेको भन्दै विपक्षी गठबन्धनमा सहभागी दलका शिर्ष नेतामाथि तिखो टिप्पणी गर्नुभएको थियो ।