• २३ जेष्ठ २०८१, बुधबार
  •      Wed Jun 5 2024
  •   Unicode
Logo
Latest
★   अग्नि सापकोटाविरुद्धको मुद्दामा सर्वोच्चले असार १२ गते निर्णय सुनाउने ★   विराटले पछि पारे नेयमारलाई ★   फोहोरमैलालाई मजाकको विषय नबनाऔँ: एमाले अध्यक्ष ओली ★   असार १ गतेदेखि आन्दोलनमा उत्रिने क्रसर व्यवसायीहरुको चेतावनी ★   हात्तीले एक घुटुकमा कति पानी पिउँछ ? ★   डिजिटल अर्थतन्त्रको बिस्तार र हरित अर्थतन्त्रको आधार निर्माण गर्न आयोग गठन गर्न लागिएको हो: अर्थमन्त्री… ★   मेलम्चीमा गलत विकासका कारण विपद्जन्य घटना भए, क्षतिपूर्ति माग्नुपर्छ: कल्याण श्रेष्ठ ★   घट्न थाले अन्नपूर्ण पदमार्गमा पर्यटक ★   हुरीले मकै बालीमा क्षति ★   प्रधानमन्त्री बजेट निर्माणमा उदासिन देखिएसम्म बजेट काम लाग्ने डकुमेण्ट बन्दैन: महामन्त्री थापा

यति एयरलाइन्स विमान दुर्घटना जाँच आयोगको म्याद थपियो



तस्बिरः रासस

काठमाडौँ । सरकारले यति एयरलाइन्सको विमान दुर्घटना अध्ययन गर्न गठित ‘विमान दुर्घटना जाँच आयोग’को म्याद ४५ दिन थप गर्ने निर्णय गरेको छ । गत फागुन ३० मा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

सरकारले गत माघ १ मा पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय जाँच आयोग गठन गरेको थियो । आयोगलाई ४५ दिनको समयावधि तोकिएको थियो ।

दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा त्यस्ता दुर्घटना दोहोरिन नदिनका लागि अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिन आयोग गठन गरेको हो ।

आयोगका सदस्यमा हवाई विज्ञद्वय दीपकप्रकाश बास्तोला (अवकाशप्राप्त उपरथी) र सुनिल थापा (अवकाशप्राप्त क्याप्टेन) तथा हवाई मर्मत इञ्जिनियर एकराजजङ्ग थापा हुनुहुन्छ । आयोगको सदस्यसचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने हुनुहुन्छ ।