७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज अमेरिकी र अस्ट्रेलियन डलरको भाउ घट्यो, हेर्नुहोस् कुन देशको कति ?



अ+ अ-

काठमाडौं । मङ्गलबार अमेरिकी र अस्ट्रेलियन डलरको भाउ घट्यो, अन्य देशको विनिमयदर घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ४१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ०१ पैसा तोकिएको छ ।  

यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ८१ पैसा रहेको छ भने बिक्रीदर ९० रुपैयाँ २७ पैसा रहेको छ । एक युरोको खरिददर १ सय ४१ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्रीदर १ सय ४२ रुपैयाँ ०७ पैसा रहेको छ ।

त्यस्तै एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ५७ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ७३ पैसा तोकिएको छ । एक बहराइन दिनारको खरिददर ३ सय १४ रुपैयाँ ०९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १५ रुपैयाँ ६८ पैसा तोकिएको छ।