५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

संक्रमणकालिन न्यायको नाममा गंभीर अपराधलाई उन्मुक्ति दिन मिल्दैन: कमल थापा



अ+ अ-

नेपालगन्ज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले भ्रष्टाचार र बिदेशी हस्तक्षेपको अन्त्य, सनातन धर्म संस्कृतिको रक्षा र राजनीतिमा कायम सिन्डिकेट तन्त्रको अन्त्यका निमित्त सम्पूर्ण राष्ट्रवादी शक्तिहरु एक ठाउँमा उभिन आह्वान गरेका छन् ।

आज नेपालगन्जमा आयोजित पार्टीका अगुवा कार्यकर्ता भेटघाट एबं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भने ‘राजनीतिक दलका नेता र विभिन्न शक्तिकेन्द्रहरूलाई म विनम्रतापूर्वक सम्झाउन चाहन्छु कि जनता तपाईहरुको कमारा वा दास होइनन्,अहिले जनतालाई तन्त्रमन्त्र वा वादविवाद होइन शान्ति र स्थिरता चहिएको छ, विकास चाहिएको छ, रोजगारी चाहिएको छ, गरी खाने वातावरण चाहिएको छ।’

उनले गणतन्त्रले जनताको जीवनस्तरमा परिवर्तन ल्याउन सकेन भने जनता विकल्प खोज्न बाध्य हुने समेत बताए । राप्रपा नेपालले आगामी दिनमा संगठन निर्माण र जनसंघर्षलाई सँगसँगै लैजाने योजना रहेको भन्दै थापाले देशको प्रत्येक वडा तहसम्म संगठन विस्तार गर्ने तथा २०८०साल फागुन ७ गतेदेखि काठमाडौंमा पार्टीको केन्द्रीय महाधिवेशन गर्ने लक्ष्यका साथ राप्रपा नेपाल अघि बढिरहेको स्पष्ट पारे ।

सर्वसाधारण जनताले सामान्य रोगको उपचार पाउन सकेका छैनन् तर नेताहरुले औषधोपचारको नाउँमा करोडौं रुपैयाँ राज्य कोषबाट पैसा लुटिरहेकामा आक्रोश ब्यक्त गर्दै थापाले
एनसेल कर छरी प्रकरण, सार्वजनिक जग्गा अतिक्रमण काण्ड, वाइडबडि हवाई जहाज काण्ड, ३८ क्वीन्टल सुन तस्करी काण्ड, नेपाल ट्रष्टको जग्गा ठगी काण्ड, लडाकुहरूको भत्ता चोरि कान्ड, कोभिडको बेला भएको औषधि खरिद र खोप वेपत्ता काण्डहरुको छानविन गरि दोषीलाई कडा कारबाही गर्न समेत उनले माग गरे ।

संक्रमणकालिन न्यायको नाममा गंभीर अपराधमा संलग्न व्यक्तिलाई उन्मुक्ति दिन नमिल्ने भन्दै उनले चाहे माओवादीबाट होस् वा राज्यपक्षबाट होस् निर्दोष र निहत्था जनताको हत्यामा संलग्नहरुलाई उन्मुक्ति दिने गरी कानुन नबनाउन राजनीतिक दल र सांसदहरुलाई आग्रह समेत गरे । अगुवा कार्यकर्ता भेलामा पार्टीका सह(महामन्त्री हिक्मत ढकाल, केन्द्रीय सदस्य लक्ष्मी हमाल, जिल्ला अध्यक्ष दिपेन्द्र बहादुर सिंह, उपाध्यक्षहरु आशा बिष्ट र यज्ञराज घिमिरेले समेत बोलेका थिए ।