• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

सुकुम्बासी हुँ, धरौटी राख्ने रकम छैन– पूर्वमन्त्री बद्री न्यौपाने(भिडियोसहित)



काठमाडौँ । पूर्वमन्त्री बद्री न्यौपानेले विशेष अदालतको फैसला पूर्वाग्रही भएको र आफू पुनरावेदनमा जान सक्ने अवस्थामा नरहेको बताउनुभएको छ ।

पुनरावेदन गर्न जरिवाना र कैद बराबर दिनको ३०० रुपैयाँ धरौटी राख्नुपर्ने भन्दै उहाँले भन्नुभयो, “मसँगै जग्गा छैन, बैंक ब्यालेन्स छैन र भाइको घरमा शरणार्थी बसेको छु । म न धरौटी राख्न सक्छु, न सर्वोच्च अदालतमा जाने हैसियतमा छु ।”

मंगलबार पत्रकार सम्मेलन गरी उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाग्रहका साथ मुद्दा लगाएको र त्यस्तै फैसला भएको बताउनुभयो ।

उहाँमाथि भृकुटीमण्डप फनपार्कको जग्गा भाडामा दिँदा भ्रष्टाचार गरेको अभियोगमा ९ वर्ष ६ महिना कैद सजाय सुनाइएको छ । पूर्वमन्त्री न्यौपानेले आफ्नो राजनीति सिध्याउन प्रयास भइरहेको बताउनुभयो ।

समाज कल्याण परिषदले कार्यसमितिबाट निर्णय गरेर जग्गा भाडामा लगाउने गरेको भए पनि आफूले फूल बोर्डको बैठक राखेको र मन्त्रिपरिषद्मा समेत प्रस्ताव लगेको उहाँको भनाइ थियो ।

“मन्त्रिपरिषद्ले परिषद् आफैँमा स्वसासित संस्था हो, यसअघि जे गरेको छ, त्यहीअनुसार गर्नु भनेर आएपछि मैले बोर्ड बैठक राखेर निर्णय गरेको हुँ”, उहाँले भन्नुभयो ।

एक लाख ७५ हजार ९भ्याटसहित२ लाख २ हजार ४००० रहेको भाडालाई ५ लाख ५५ हजारको सम्झौता गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । “५ वर्षमुनि कसैलाई टिकट लाग्दैन, ६० वर्षभन्दा माथि लाग्दैन । १० बजेदेखि ५ बजेसम्म खुल्छ । त्यसलाई इच्छुमती तरकारी बजारसँग (भएको सम्झौता) दाँजेर ममाथि लाञ्छना लगाइयो”, उहाँले भन्नुभयो ।

भाडामा लगाउने निर्णय गर्ने प्रक्रियामा सहभागी ५ जना उपसचिवलाई सफाइ दिएको, तर आफूलाई ९ वर्ष ६ महिना कैद, २ करोड ४३ लाख बढी जरिवाना र त्यति नै बिगो भराउने निर्णय गर्नु पूर्वाही भएको उहाँको भनाइ थियो ।