५ पुष २०८२, शनिबार
,
Latest
साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेन युद्धका कारण सन् २०२२ मा युरोपेली हतियारको आयात दोब्बर



अ+ अ-

एजेन्सी । विश्वको तेस्रो ठूलो गन्तव्य बनेको युक्रेनमा ठूलो परिमाणमा हतियार ढुवानी भएपछि सन् २०२२ मा युरोपमा हतियारको आयात झण्डै दोब्बर भएको अनुसन्धानकर्ताहरूले सोमबार बताएका छन् ।

स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट (सिप्री) को प्रतिवेदनअनुसार पोल्याण्ड र नर्वेलगायत युरोपेली मुलुकले सैन्य खर्च बढाएका कारण आयातमा पनि वृद्धि भएको हो ।
आयातको दर अझै बढ्ने प्रक्षेपण गरिएको छ ।

“आक्रमणका कारण युरोपमा हतियारको मागमा उल्लेखनीय वृद्धि भएको छ, जसले थप प्रभाव पार्नेछ र सम्भवतः युरोपेली देशहरूले हतियारको आयातमा थप वृद्धि गर्नेछन्,” एसआईपीआरआईका वरिष्ठ अनुसन्धाता पिटर वेजेम्यानले एएफपीलाई बताए ।

गत वर्षसम्म हतियारको आयातकर्ताको हिसाबले युक्रेन नगण्य आयातकर्ता रहेको थियो ।

रूसको आक्रमणपछि पश्चिमा राष्ट्रहरूले युक्रेनलाई हतियार वितरण र आपूर्ति गरेका कारण सन् २०२२ मा यो कतार र भारतपछि विश्वको तेस्रो ठूलो हतियार गन्तव्य बनेको थियो ।

सिप्रीको तथ्याङ्कअनुसार युक्रेनले मात्र युरोपमा ३१ प्रतिशत हतियार स्थानान्तरण गरेको छ भने विश्वमा आठ प्रतिशत हतियार वितरण गरेको छ ।

आयात र सहयोगसहित युक्रेनको हतियार आपूर्तिमा गत वर्ष ६० गुणाभन्दा बढीले वृद्धि भएको इन्स्टिच्युटले जनाएको छ । युक्रेनमा भएका हतियार आपूर्ति मुख्यतया भण्डारबाट उठाइएका हतियारहरू थिए ।

तीमध्ये अमेरिकाका करिब २३० तोपहरू थिए । २८० पोलिश बख्तरबन्द वाहन र सात हजारभन्दा बढी ब्रिटिश एन्टी–ट्याङ्क मिसाइल साथै एन्टी–एयरक्राफ्ट सिस्टम जस्ता नयाँ निर्मित हतियार रहेका थिए ।