२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पल शाह ‘रियल हिरो अफ दि इयर’बाट सम्मानित



अ+ अ-

काठमाडौं । अभिनेता पल शाह 'रियल हिरो अफ दि इयर'बाट सम्मानित भएका छन् । 

कोरोना भाइरसको कारण भएको लकडाउनले गर्दा बेरोजगार बनेका चलचित्रकर्मीहरुलाई राहत सहयोग गर्न शुरु भएको ‘रजतपट कोशेली अभियान’ले उनलाई सम्मान गरेको हो । 

कोरोना भाइरस पीडितको उद्दार र सहयोगमा सक्रिय अभिनेता शाहलाई सोहि सामाजिक कामको लागि यो सम्मान गरिएको हो । 
 
सोमबार काठमाडौंमा आयोजित सहयोग कार्यक्रममा उनलाई प्रदान गरिएको सम्मान लिन पल भने उनी अनुपस्थित थिए । 

राहतकै लागि उपत्यका बाहिर रहेको कारण सम्मान लिन उनी अनुपस्थित भएका हुन् ।