५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ वैदेशिक लगानी संस्थाका उपाध्यक्षबीच भेटवार्ता



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग र वैदेशिक लगानीका लागि चिनियाँ सरकारको छाता संस्था ‘काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड’ (सिसिपिआइटी) का उपाध्यक्ष झाङ शाओगाङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

मन्त्रालयमा आज भएको भेटमा व्यापार तथा लगानी साझेदारीका विषयमा छलफल भएको उपप्रधानमन्त्रीको भनाइ छ । त्यस क्रममा उपाध्यक्ष झाङलाई नेपालमा स्वागत गर्दै र भ्रमण सफलताको शुभकामना दिँदै उपप्रधानमन्त्री श्रेष्ठले चीन नेपालको दोस्रो ठूलो अन्तर्राष्ट्रिय व्यापार साझेदार मुलुक रहेको र नेपालमा लगानीमैत्री वातावरण भएकाले चिनियाँ लगानीको सधँै स्वागत गरिने बताउनुभयो ।

केरुङ र तातोपानी नाका व्यवस्थित बनाएर आयात तथा निर्यातलाई समेत सहज गर्नुपर्ने आवश्यकता उपप्रधानमन्त्री श्रेष्ठले औँल्याउनुभयो । चीन नेपालको दोस्रो व्यापारिक साझेदार मुलुक रहेको र चीन–नेपालको व्यापार घाटा धेरै भएकाले त्यसलाई घटाउन आपसी समझदारीका आधारमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले नेपालको एक चीन नीतिप्रतिको दृढता श्रेष्ठले दोहोर्‍याउनुभयो । तेस्रो कार्यकालका लागि निर्वाचित चिनियाँ राष्ट्रपति सी जिनपिङ र नवनिर्वाचित प्रधानमन्त्री ली छ्याङलाई बधाई दिँदै कार्यकाल सफलताको शुभकामनासमेत व्यक्त गर्नुभएको थियो ।

त्यस क्रममा उपाध्यक्ष झाङले झन्डै चार वर्ष लामो कोभिड सङ्क्रमणले चीनको वैदेशिक लगानी तथा व्यापारमा असर परे पनि चीन अब कोभिडबाट खुल्ला भएकाले सहजता भएको बताउनुभयो । कोभिडका कारण चीन र नेपालको बीच भ्रमण आदानप्रदान हुन नपाएको र त्यसबाट व्यापारमा समेत असर परेको बताउनुभयो । नेपाल आफूहहरूको पुरानो र नजिकको मित्र भएको र नेपालमा थप लगानीको निश्चितता गर्नु आफ्नो भ्रमणको उद्देश्य भएको उहाँले बताउनुभयो ।

झाङले नेपालले ठूलो प्राविधियुक्त उद्योग–निर्माणको सोच बनाए त्यसमा चीनले खुलेर साथ दिने बताउनुभयो । भेटवार्तामा चिनियाँ राजदूत छन सोङसहितको उपस्थिति थियो ।