५ श्रावण २०८३, मंगलवार
,
Latest
ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवनिर्वाचित राष्ट्रपति पौडेलद्वारा शपथ ग्रहण – फोटो फिचर



अ+ अ-

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार पद तथा गोनीयताको शपथ लिनुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहबीच सोमबार दिउँसो १ बजे कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई शपथ गराउनुभयो ।

नेपाली सेनाको एक टुकडीले नयाँ राष्ट्रपतिको सम्मानमा सम्मान गारद पेश अर्पण थियो। साथै, सैनिक मञ्च टुडिखेलबाट नेपाली सेनाले नवनिर्वाचित राष्ट्रपति पौडेललाई २१ तोपको सलामी अर्पण गरेको थियो ।

शपथ समारोहमा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रदेशसभाका सभामुखहरु, संवैधानिक निकायका प्रमुखहरु, पूर्वप्रधानमन्त्रीहरु, राजनीतिक दलका नेता तथा सांसदहरू एवं नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरु उपस्थित हुनुहुन्थ्यो ।

नयाँ राष्ट्रपतिलाई प्रधानमन्त्री प्रचण्डलगायत संवैधानिक निकायका प्रमुख, मन्त्रीहरु र विशिष्ट पाहुनाहरुले बधाई तथा शुभकामना दिनुभएको थियो ।

निवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाइ सम्मानस्वरुप प्रधानमन्त्री प्रचण्डले उपहार प्रदान गर्नुभएको थियो । निवर्तमान राष्ट्रपति भण्डारी शीतल निवासबाट विदाइ हुँदै गर्दा सेनाले उहाँको सम्मानमा विदाइ सलामी अर्पण गरेको थियो भने सैनिक मञ्च टुँडीखेलमा सेनाले २१ तोपको विदाइ सलामी अर्पण गरेको थियो ।

यही फागुन २५ गते बिहीबार भएको निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो ।

फोटो – प्रदिपराज वन्त




भर्खरै