२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पीएनजीलाई हराउदै नेपाल विश्वकप छनोटको करिबमा



अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्यु गिनी(पीएनजी)लाई हराएको छ । पीएनजीले जितको लागि दिएको सामान्य ९६ रनको लक्ष्य नेपालले ७.४ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो ।

नेपालको जितमा ओपनर आसिफ शेख २१ बलमा ८ चौका र ३ छक्कासहित ५३ रनमा अविजित रहे । ओडिआई करिअरमा आसिफको यो आठौं अर्धशतक हो । अर्का ओपनर कुशल भुर्तेल ३३ रन बनाएर आउट भए । उनले चार चौका र दुई छक्का प्रहार गरेका थिए । कुशल मल्ल १३ बलमा १ चौका र १ छक्कासहित १२ रनमा अविजित रहे ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले ३२ ओभरमा अलआउट हुदै ९५ रन बनाएको थियो । पीएनजीको लागि आसद भालाले सर्वाधिक २० रन बनाए । यस्तै, सेसे बाउ १८, हिरि हिरि१४ र चाल्स अमिनि १६ रन बनाएर आउट भए । पीएनजीका अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालको लागि स्पिनर सन्दीप लामिछानेले सर्वाधिक पाँच विकेट लिए । उनले १० ओभर बलिङ गरेर २५ रन दिदै ५ विकेट लिए । ललित राजवंशी र कुशल मल्लले दुईरदुई विकेट लिए भने सोमपाल कामीले एक विकेट लिए ।

नेपालले अव विहीबार युएईसँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा नेपालले जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट सोझै खेल्न पाउँछ । पराजित भएमा पनि नेपालले यसै महिना अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नेछ । क्वालिफायर प्लेअफमा शीर्ष दुईमा रहने टोलीले पुन विश्वकप छनोट खेल्न पाउनेछन् । यससँगै,नेपालले पछिल्ला ११ मध्ये १० खेल जितेको छ ।