९ श्रावण २०८३, शनिबार
,
Latest
ब्राउन सुगरसहित दुई जना पक्राउ सांसद गणेश पौडेलमाथि मसी प्रहारको रास्वपाद्वारा भर्त्सना, जनप्रतिनिधिको सुरक्षा गर्न सरकारसँग माग बुद्ध एयरले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६०० पोखरामा ध्वनि प्रदुषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ‘अपरेसन ३६५’ अन्तर्गत ७७३ सवारी साधन कारबाहीमा इरानी सम्पतीबाट सामुन्द्रिक क्षतिको भरपाइ गरिन्छः डोनाल्ड ट्रम्प भारतमा मनसुनी वर्षाको प्रकोपः बाढी र डुबानका कारण जनजीवन प्रभावित, आसाममा ४१ जनाको मृत्यु पाकिस्तानको उत्तर–पश्चिममा आत्मघाती बम विष्फोटः सुरक्षाकर्मीसहित १४ जनाको मृत्यु घर-घरमा तुलसीको बिरुवा रोपियो (तस्बिरहरु) फोटो पत्रकारका लागि ‘एआई स्किल्स’ कार्यशाला आजदेखि सुरु गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

कीर्तिपुरमा क्रिकेटको क्रेज (तस्बिरमा)



अ+ अ-

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार दर्शकको खचाखच उपस्थिती थियो । घरेलु टोली नेपाललाई साथ र समर्थन दिन उल्लेख्य रुपमा दर्शक उपस्थित भएका हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले समेत टियु मैदानमा नेपाली दर्शकले टनाटन भरिएको तस्बिर बेला–बेला सार्वजनिक गर्दै तारिफ गरिरहेको हुन्छ । उक्त पोस्टमा विश्वकै क्रिकेट समर्थकहरुले क्रिकेटप्रती नेपाली दर्शकको माया र सद्भावको खुलेरै प्रशंसा गरिरहेका हुन्छन् ।

यसैबीच, आज आइतबार नेपाली क्रिकेट समर्थकका लागि महत्वपूर्ण दिन रह्यो । आइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत जारी शृङ्खलामा यूनाइटेड अरब इमिरेट्स (यूएई)लाई हराउँदै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता सुरक्षित गर्न सफल भएको छ ।

घरेलु मैदानमा आफ्नो दोस्रो खेलमा यूएईलाई एक सय ७७ रनले हराउँदै नेपालले एकदिवसीय मान्यता कायमै राखेको हो । यो जितसँगै नेपालले थप चार वर्षका लागि एकदिवसीय मान्यता सुरक्षित राखेको हो ।

नेपालले सन् २०१८ मा पहिलो पटक क्रिकेटमा एकदिवसीय मान्यता पाएको थियो । हाल जारी लिग–२ को शीर्ष पाँच स्थानसम्म कायमै रहने राष्ट्रलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले एकदिवसीय मान्यता दिने प्रावधान छ । आजको जितसँगै नेपाल सात राष्ट्र सम्मिलित लिग–२ को चौथौ स्थानमा उक्लेको छ । नेपालले लिग–२ मा अब दुई खेल खेल्न बाँकी छ ।

जारी शृङ्खलामा हालसम्म नेपालले ३४ खेलबाट ३६ अङ्क जोडेको छ । युएईले समान खेलमा ३१ अङ्क बनाएको छ । यूएई लिग–२ को छैटौँ स्थानमा छ । उसले पनि अब दुई खेल्न बाँकी छ । यस्तै पपुवा न्युगिनी लिग–२ को पुछारमा छ । लिग–२ का यि तीन राष्ट्रसँगै स्कटल्याण्ड, ओमान, नामिबिया र अमेरिका समेत रहेका छन् ।

सबै तस्बिर क्यानबाट साभार