५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपराष्ट्रपतिको आधिकारिक उम्मेदवार टुंगो लगाउन सत्ता साझेदार दलको बैठक जारी



फाईल फोटो
अ+ अ-

काठमाडौँ । अहिले सत्ता साझेदार दलहरुको बैठक सिंहदरबारमा बसिरहेको छ । बैठकले उपराष्ट्रपति पदको आधिकारिक उम्मेदवार टुंगो लगाउने छ ।

बैठकले सत्ता गठबन्धनबाट जसपाका रामसहाय प्रसाद यादव र प्रमिला कुमारी यादव तथा जनमत पार्टीबाट ममता झाको उम्मेदवारी कायम रहेपछि आधिकारिक एकजना मात्र उम्मेदवार कायम गर्ने गर्नेछ । नेकपा (एमाले) की अष्टलक्ष्मी शाक्य उम्मेदवार छिन् ।

निर्वाचन अधिकृतको कार्यालयले आज दिउँसो ४ बजेभित्र उम्मेदवारी फिर्ताको समय तोकेको छ । जसपाकी प्रमिलाकुमारी यादवले उम्मेदवारी फिर्ता लिने बताइएको छ । आजै पाँच बजे अन्तिम नामावली प्रकाशन हुँदैछ । चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचन हुनेछ ।