७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डलर सटही गर्दै हुनुहुन्छ ? हेर्नुहोस् यस्तो छ आजको विदेशी विनिमयदर



अ+ अ-

काठमाडौं । बुधबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ४६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ०६ पैसा तोकिएको छ ।  

यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ २६ पैसा रहेको छ भने बिक्रीदर ८९ रुपैयाँ ७१ पैसा रहेको छ । एक युरोको खरिददर १ सय ४१ रुपैयाँ १० पैसा रहेको छ भने बिक्रीदर १ सय ४१ रुपैयाँ ८१ पैसा रहेको छ ।

त्यस्तै एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ५९ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ७५ पैसा तोकिएको छ । एक बहराइन दिनारको खरिददर ३ सय १४ रुपैयाँ २३ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १५ रुपैयाँ ८२ पैसा तोकिएको छ।