२१ मंसिर २०८२, आईतवार
,
Latest
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री किराँतीको प्रश्नः पशुपति सफा गर्न सकेनौँ भने देश कहिले सफा गर्ने ?



अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले ठूलो मान्छेले काम गर्नै हुँदैन भन्ने मानसिकतालाई भत्काउन जरुरी रहेको बताउनुभएको छ ।

शनिबारबाट शुरु भएको तीन महिने पशुपति सरसफाई अभियानको उद्घाटन गर्दै मन्त्री किराँतीले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा ठूलो मानिसले सानो काम गर्नै हुँदैन भन्ने संस्कृतिको विकास भइरहेको भन्दै यसलाई भत्काएर अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले पशुपति क्षेत्र सफाईका लागि पशुपति क्षेत्र विकास काषले योजना बनाएर बुझाउन निर्देशन दिनुभयो ।

उहाँले सफा रहनु सभ्यता प्रदर्शन गर्नु भएको उल्लेख गर्दै आस्थाको केन्द्र पशुपतिनाथलाई सबै मिलेर सफा राख्नुपर्ने बताउनु भयो । मन्त्री किराँतीले पशुपतिनाथ नै फोहोर राख्ने हो भने देश कहिले सफा गर्छौं भन्दै प्रश्न गर्नुभयो । उहाँले सांस्कृतिक मूल्य र मान्यता हराउँदै गएकमो भन्दै समाजसँग जोडिएको विकृतिलाई सफा बनाउनुपर्ने बताउनु भयो । उहाँले आफू मन्त्री रहेको मन्त्रालय अन्तर्गतक सबै निकायहरुलाई सबै क्षेत्रमा सफा राख्न निर्देशिका बनाएर पठाएकाले सो अनुसारको काम नभए कारबाही गर्ने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रोमा ठूलो मान्छेले सानो काम गर्नु हुँदैन भन्ने कल्चर छ, यसलाई भत्काउनुपर्छ । यो सफा कसरी गर्ने पशुपति क्षेत्र विकास कोषले योजना ल्याउनुपर्छ । हाम्रो एक्शन त्इहाँ हुन्छ । हामी तीन महिना प्रत्येक शनिवार ८ बजेदेखि १० बजेसम्म यो अभियान सञ्चालन गर्नेछौँ । सफा रहनु भनेको सभ्यता प्रदर्शन गर्नु हो, संस्कृति निर्माण गर्नु भनेको जीवन प्रदान गर्नु हो ।

आस्थाको केन्द्र पशुपतिनाथ नै फोहोर राख्छौँ भने यो देश कहिले सफा गर्छौं, त्यसैले प्रतिकात्मक रुपमा पशुपतिलाई हामीले सफा गरे यो देश सफा गर्नसक्छौँ । असम्भव कुरा केही छैन भन्ने सन्देश हो । भौतिक मात्रै होइन, आध्यात्मिक कुरा पनि फोहोर छ, मूल्य, मान्यता हराउँदै गइरहेको छ । यहाँको समाजसँग जोडिएको विकृतिलाई सफा गर्नुपर्छ । हामीले मन्त्रालय अन्तर्गत निर्देशिका पठाएका छौँ । त्यही अनुसार काम हुन्छ । निर्देशिका अनुसार काम भएन भने त्यही अनुसार कारबाही गर्नेछौँ । यहाँ धेरै लापरबाही छ, क्षेत्र विकास कोषले पशुपति सफा गर्ने योजना चाहिन्छ ।’

सो अवसरमा मन्त्री किराँतीले आफैँ कुचो लगाएर र आसपासका क्षेत्रहरुको फोहोर टिपेर पशुपति सरसफाईमा सरिक हुनुभएको थियो । अबको तीन महिनासम्म हरेक शनिवार ८ बजेदेखि १० बजेसम्म पशुपति सरसफाई अभियान सञ्चालन हुनेछ ।