२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल प्रहरीका ५ रिक्त एआईजीमा बढुवा सिफारिस



अ+ अ-

काठमाडौं । बढुवा सिफारिस समितिले नेपाल प्रहरीका रिक्त पाँच एआईजीमा शुक्रबार बढुवा सिफारिस गरेको छ ।

सिफारिसअनुसार पहिलो नम्बरमा वसन्त कुँवर हुनुहुन्छ । यसअघि डीआईजीमा पनि उहाँ नै पहिलो नम्बरमा हुनुहुन्थ्यो ।

सिफारिसमा दोस्रो नम्बरमा टेकप्रसाद राई, तेस्रोमा दीपक थापा, चौथोमा श्यामलाल ज्ञवाली र पाँचौंमा किरण बज्राचार्य रहनुभएको छ । यसअघि गत असारमा निकालिएको बढुवा सिफारिसमा पनि दोस्रोमा राई, चौथोमा थापा, पाँचौँमा ज्ञवाली र छैटौँमा बज्राचार्य हुनुहुन्थ्यो ।

तेस्रो नम्बरमा रहेका अशोक सिंहले राजीनामा दिनुभएको थियो । त्यसपछि पछाडि रहेका एक/एक स्थान उक्लिनुभएको हो ।

बढुवा समितिको सिफारिसविरुद्ध उजुरी नपरे एक सातापछि सरकारले उहाँहरूलाई एआईजीमा बढुवा गर्नेछ । एआईजीमा बढुवा हुने यीमध्येबाटै एकजनाले आगामी चैत १० गतेदेखि नेपाल प्रहरीको नेतृत्व गर्नेछ । प्रहरीमा गत साउनदेखि एआईजी रिक्त रहे पनि पदपूर्तिका लागि सिफारिस हुन सकेको थिएन ।