११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

सरस्वती प्रधानले मानव अधिकार आयोगमा कारबाहीको माग निवेदन पेश

सरस्वती प्रधानले मानव अधिकार आयोगमा कारबाहीको माग निवेदन पेश
अ अ+ अ-

काठमाडौं । जातिय भेदभाव तथा छुवाछुतको कसुर लागेकी सरस्वती प्रधानले आफुले छुवाछुत तथा विभेदकारी व्यवहार नगरेपनि षड्यन्त्रमुलक तरीकाले फसाइएको भन्दै रुपा सुनार लगायतलाई कारबाहीको माग गर्नुभएको छ ।

बुधबार सरस्वती प्रधानले राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिदैँ सञ्चारकर्मी रुपा सुनार माथि आफुले कुनै प्रकारको जातजाति सम्बन्धी विभेद एवम् छुवाछुतको व्यवहार नगरेपनि आफुमाथि षडयन्त्र गरी प्रहरीमा थुनाएको भन्दै रुपा सुनारलाई हदै सम्मको कारबाही गर्नुपर्ने माग गरी राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिनुभएको छ । उहाँले रुपा सुनारलाई कोठा खोज्न सहयोग गर्ने सुष्मा राई र सिर्जना राईलाई पनि कारबाही गर्नुपर्ने माग गर्नुभएको छ । 

असार १ गते सञ्चारकर्मी रुपा सुनारलाई दलित भएको कारण कोठा नदिएको भन्दै सुनारले प्रहरी वृत्तमा उजुरी दिएसँगै ३ दिन प्रधालाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरेको थियो । प्रधानले निषेधाज्ञाको समयमा पिसिआर रिपोर्ट बिना कोठा खोज्न हिडेर महामारी फैलाउन खोजेको, अपराधिक कार्यका लागि कोठा खोज्न आएको तथा आफ्नो मञ्जुरी बेगर फोन रेकर्ड गरी त्यसैलाई आधार मानेर प्रहरीमा उजुरी दिएकोमा आफ्नो स्वतन्त्रता विपरित भएकोले कारबाही गरिनुपर्ने बताउनुभएको छ ।

उहाँले निवेदनमा भन्नुभएको छ – ‘नेपाल सरकारले जारी गरेको निषेधाज्ञाको आदेश उल्लंघन गरी र बिना पिसिआर रिपोर्ट खुल्लेआम आवत् जावत् गरी महामारी फैलाउने मानव विरोधी अपराध गरेको ।रुपा सुनारलाई कोठा आवश्यकता नै नरहेको भएपनि आपराधिक कार्य गर्नका लागि कोठा खोज्न आएको बाहानाबाजी बनाइ मेरो मञ्जुर बेगर मेरो फोन रकर्ड गरी सोही रेकर्ड, प्रमाण सिर्जना गरीमेरो विरुद्ध छुवाछुतको उजुरी दिई गैरकानुनी एवम् मेरो व्यक्तिगत जीवनको स्वतन्त्रता विपरित हुनेगरी पूर्वाग्रहीपूर्वक थुनाएको ।’

यस्तै प्रधानले सञ्चारकर्मी सुनारले सञ्चारकर्मी प्रमाणपत्रको दुरुपयोग गरेको आरोप पनि लगाउनुभएको छ । घरधनी श्रीमान र सासु भएको भन्दै उहाँले आफुलाई घर भाडामा लगाउने अधिकार नभएको स्पष्ट पार्नुभएको छ । आफुलाई घरधनी भनि झुठा आरोप र जालसाजी गरी मानव अधिकार हनन् गरिएको उल्लेख गरिएको छ । सञ्चारकर्मीको प्रमाणपत्रको दुरुपयोग गरी निषेधाज्ञाको दिनमा खुलेआम हिडेको तथा सुनार आफैले जातको कुरा निकाली आफुलाई विवादमा ल्याएर मानवता विरोधी अपराध गरेको दाबी गरिएको छ ।

निवेदनमा उल्लेख छ – ‘घरधनी पति मुकुन्द प्रधान र सासुआमा भएकोले मलाई घर भाडामा राख्ने अधिकार नभएता पनि मलाई घरधनी भनि झुठा आरोप लगाइ जालसाझ गरी मेरो मानव अधिकारको हनन गरेको । मैले जातिय छुवाछुतको वादविवाद नै नगरेकोमा पनि नीज रुपा सुनार आफैले म कामीको छोरी हो भनी आफैँले आफ्नो जात देखाइ मलाई विवाद गरी मानव विरोधीको अपराध गरेको ।’
 
सरस्वती प्रधानले सञ्चारकर्मी रुपा सुनारलाई जातिय आधारमा विभेद गरी कोठा नदिएको भन्दै प्रहरीमा जाहेरी रहेको छ । तिनदिन हिरासत बसेर प्रधान छुट्नुभएको हो । सुनारले पनि आफुमाथि विभेद भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिनुभएको छ ।