• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   सीमा क्षेत्रका बासिन्दाले भोग्नुपरेका समस्या समाधान गर्न उपप्रधानमन्त्री श्रेष्ठको आग्रह ★   एकीकृत समाजवादीः बागमती प्रदेशका पाँच जिल्ला अधिवेशन सम्पन्न ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   अर्थराजनीतिक दृष्टिकोणमा आधारित परराष्ट्र नीति नेपालको प्राथमिकताः डा सापकोटा ★   बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ ★   अर्थमन्त्री वर्षमान पुनले गरे बजेट लेखन समिति गठन ★   मन्त्रिपरिषद् बैठकः सरकारद्वारा तथ्यांक नियमावली २०८० लाई स्वीकृत, यस्ता छन् अन्य निर्णयहरु ★   विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्‍याउने शिक्षा अध्यापन गराउनुपर्छः पूर्वराष्ट्रपति भण्डारी ★   सुदूरपश्चिम सरकार छाड्न नाउपा अध्यक्ष रञ्जिताद्वारा लिखित निर्देशन ★   आयरल्यान्ड ‘ए’ सँग नेपाल ‘ए’ २१ रनले पराजित

बचनका पक्का देउवा, अलमलिएका महामन्त्री



फाईल फोटो

काठमाडौँ । कांग्रेसको पछिल्लो महाधिवेशनमा रामचन्द्र पौडेलको गुट गायब भयो । यसअघि पार्टीभित्र देउवा समूह र पौडेल समूह भनी आएकामा अबदेखि कोइराला समूहको प्रवेश पायो । किनभने यसअघि सुशिल कोइरालाले नेतृत्व गरेको सो समूहमा पौडेल थिए ।

उनी अघिल्लो महाधिवेशनमा उठे पनि सभापतिमा तर शेरबहादुर देउवाले जिते । त्यसपछिको र यो पछिल्लो १४ औँ महाधिवेशनसम्म सो समूह पौडेल समूहकाे नामबाटै रह्यो । तर १४ औँको तयारीताका नै शेखर कोइरालाले सभापतिमा उठ्ने घोषणा गरेपछि भने अब पौडेल समूह कोइराला समूहमा परिणत भयो ।

सभापतिमा आफूलाई सहयोग गर्न देउवाले कोइरालासँग हात बढाए । पौडेलले विनाकुनै विवाद यसलाई स्वीकारे पनि । त्यतिबेला बजारमा चर्चा चल्यो कि देउवाले अबको राष्ट्रपतिमा पार्टीका तर्फबाट पौडेललाई अघि सार्ने आश्वासन दिएकाले पौडेलले सहयोग गरे । त्यसो त देउवालाई सघाउनेमा वीपीपुत्र सशांक पनि थिए । सभापतिमा विजयी हुन देउवाका साथ यी दुवै गतिला सारथि थिए ।

देउवा इतरको समूहबाट बेलाबेलामा सार्वजनिक भाषणमै आउने गर्दथ्यो कि देउवाले रामचन्द्रलाई आश्वासन मात्र दिएका हुन्, राष्ट्रपति बनाउँदैनन् । यसलाई देउवा इतरका सदस्यहरुले प्रचारमा नै ल्याएका थिए । उनीहरु देउवाले पौडेललाई राष्ट्रपतिको उम्मेदबार नबनाउने भएकाले बरु बेलैमा शेखरलाई सघाउनु भन्ने गरेका थिए । तर यस विषयमा न देउवाको र नत पौडेलकै सार्वजनिक अभिव्यक्ति आए । तर पौडेलले देउवालाई सघाए । उनले सार्वजनिक रुपमै देउवालाई मत मागे र यसपटकको सभापति देउवा बनाउँ नै भने ।

पछि निर्वाचन आए स्थानीय र आमनिर्वाचन । दुवैमा कांग्रेस माओवादी गठबन्धनसँग मिल्यो र दुवै निर्वाचनमा कांग्रेस पहिलो पार्टी पनि भयो । त्यसबेला पनि माओवादीसँग मिल्न नहुने दबाब देउवासँग थियो । तर उनले विश्वास तोडेनन् । बचनका पक्का देउवाले माओवादीलाई बचन दिइसकेकाले यसो गर्नु हुदैन भने । गठबन्धन उही बन्यो र पार्टी दुवै चुनावमा पहिलो पार्टी बन्यो । यतिबेला पनि कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माभने विरुद्धमा थिए । उनीहरु जसरी पहिला महाधिवेशनमा देउवाले पौडेललाई सभापति बनाउँदैनन् भन्ने गर्दथे ठिक त्यसैगरी चुनावको मुखमा पनि माओवादी बोक्नु हुदैन भन्ने प्रचारमा थिए ।उनीहरुका अभिव्यक्ति, ट्वीटर र फेसबुकका सार्वजनिक अपिल यसैमा हुने गर्दथे ।

कांग्रेस पहिलो पार्टी त भयो तर तेस्रो पार्टी बनेको माओवादीले सरकार भने एमालेतिर गएर बनायो । त्यसबेला पनि पुन: आलोचना सुरु भयो सभापति देउवाको । सिंगो पार्टी पंक्तिले नै यसको दोष देउवालाई दियो । तर रमाइलो कुरा त के थियो भने जोजसले प्रधानमन्त्रीमा कुनै पनि हालतमा माओवादीलाई छोड्न हुन्न भनेका थिए उनैले सार्वजनिक रुपमै देउवाका कारण कांग्रेस सबै गुमायो, पाँच वर्षलाई राज्य सत्ताको कुनै पनि स्थानमा पुग्न नसक्ने बनायो भने ।

महामन्त्री गगन थापाले त यस्तो विषयमा आफूलाई केही नभनिएको, बैठकमा पनि नबोलाइएकाले आफू पोखरामा रहेको भनेर अभिव्यक्ति दिए । उता विश्वप्रकाशले त दुई महामन्त्रीलाई यस्तो निर्णयको परामर्शमा राखेको भए पार्टीलाई यस्तो दुर्घटना पर्दैनथ्योसम्म भनेका थिए । कांग्रेसले प्रचण्ड ओलीको सरकारलाई विश्वासको मत दिने नीति लियो र दियो । त्यसमा पनि देउवाको विरोध भयो र सत्तामा किन यसरी टाँसिन खोजेको भन्ने आरोप आयो ।

तर अहिले यी सब जस अपजसहरुका बीचबाट सभापति देउवाले पार्टीको सम्पूर्ण साख फिर्ता ल्याएका छन् । अघिल्लो सरकारलाई विश्वासका मत दिएर राष्ट्रिय सहमतिको प्रयास थालेका थिए । राष्ट्रपतिमात्र कांग्रेसलाई दिँदा कुनै पनि दल सरकारबाट बाहिरिनु पर्दैन देशमा राष्ट्रिय सहमति हुन्छ भन्ने देउवाको भनाई थियो । तर पनि एमाले यसमा अटेन र सबै बाटो नै खाली गरिदियो । अब सत्तामा कांग्रेसका लागि गोरेटो होइन, ढड्डा बाटो नै बनेको छ । अघिल्लो सत्ता गठबन्धनलाई देउवाले दुई महिनाको हाराहारीमै टुटाइदिएका छन् र कांग्रेसका लागि राष्ट्रपतिमात्र नभएर कम्फर्टेबल बाटो तय गरिदिएका छन् ।

प्रसंग के हो भने देउवा बचनका पक्का छन् र महाधिवेशनका ताका आफूले पौडेललाई दिएको बचन पूरा गरेका छन् । हिजो राष्ट्रपति निर्वाचित भएपछि सबैभन्दा खुसी थिए भने देउवा र रामचन्द्र नै थिए । उनीहरुका बोडील्यांग्वेजबाट यस्तो देखिन्थ्यो । देउवाले राष्ट्रपतिमा पौडेललाई विजयी मात्र गराएनन् उनीमाथि लागेको पार्टीलाई राज्यसत्ताबाट वञ्चित गराएको भन्ने सबै साख पनि फिर्ता ल्याइदिएका छन् । त्यसैले त अहिले नै म सरकारमा जान्छु र म जान्न भनेर कांग्रेस नेताहरुले फेसबुकमा लेख्न पाएका छन् ।

देउवाले पार्टी सभापति भएपछि आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउने सार्वजनिक बाचा गरेका थिए, त्यो बनाए । त्यसपछिको उनका उनका गोप्य बाचा थिए– ओली प्रचण्ड गठबन्धन तोड्ने र पौडेललाई राष्ट्रपति बनाउने । उनी सरकारलाई आवश्यक नपरेको विश्वासको मतमार्फत् त्यो गठबन्धनमा छिरे र त्यसलाई भत्काएर सबै फिर्ता ल्याए । किनभने कांग्रेस बाम गठबन्धनबाट चुनाव जितेका प्रचण्ड ओलीतिर गएर सरकार बनाएपछि नै उनले आफ्नो लगानी जतिसक्दो चाँडै फिर्ता लिने योजना बनाएका थिए, त्यो दुई महिनाको सेरोफेरोमै सफल हुन पुगेको छ ।

तर यतिहुँदासम्म पनि कांग्रेसका महामन्त्रीद्वय भने कतै भेटिएका छैनन् । अघिल्ला परिघटनामा सभापतिका कारणले पार्टीको साख गिरेको भन्ने गरेका उनीहरुले यी पछिल्ला ‘उपलब्धि’हरुका सिनमा उनीहरु देखिँदैनन् । यतिखेर कांग्रेस पार्टी पंक्तिका कार्यकर्ताहरु उनीहरुको अलमल केमो हो भन्ने भेउ नै पाएका छैनन् ।

हिजो कांग्रेसको हातबाट खोसिएका यी ‘उपलब्धि’ हरुलाई फिर्ता ल्याउन सभापतिका सारथि बन्न उनीहरु सकेको देखिँदैन । उनीहरुको अलमल सामाजिक सञ्जालबाट बाहिर निस्कन सकेको देखिँदैन ।

तस्बिरः रत्न श्रेष्ठ/रासस