११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

नेता नेपाल केन्द्रीय कमिटीको बैठकमा आउन अप्ठ्यारो मान्नुपर्ने कुनै कारण छैन: विष्णु पौडेल (भिडियो सहित)

नेता नेपाल केन्द्रीय कमिटीको बैठकमा आउन अप्ठ्यारो मान्नुपर्ने कुनै कारण छैन: विष्णु पौडेल (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं  । नेकपा एमालेका नेता तथा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले असार १८ गते बोलाइएको केन्द्रीय कमिटीको बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नआउनुपर्ने कुनै कारण नभएको बताउनुएको छ । बुधबार न्यूजएजेन्सी नेपालसँग कुरा गर्दै अर्थमन्त्री पौडेलले नेकपा एमालेले २०७५ जेठ २ गते अघिरहेको पार्टी केन्द्रीय कमिटी व्युताएको अवस्थामा सबै नेताहरु तत्कालिन नेपाल कम्युनिष्टपार्टी (नेकपा) बन्नु पूर्वको हैसियतमा बैठकमा सहभागी हुनसक्ने बताउनुभएको हो ।

मन्त्री पौडेलले माधव नेपाल पक्षीय नेताहरु बैठकमा नआउनु अनुचित हुने पनि बताउनुभयो ।  उहाँले नेताहरु बैठकमा आउने विश्वास पनि व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो – ‘केन्द्रीय कमिटीको बैठकमा आउनका लागिउहाँहरुले अप्ठ्यारो मान्नुपर्ने कुनै कारण छैन । आजका मितिदेखि कारबाहीका प्रसंग पनि सकियो, र स्वभाविक रुपमा पूर्व हैसियत, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भन्दा अगाडीको अवस्थाबाट, अगाडीको पदीय हैसियतका साथ बैठकमा सहभागी हुन आव्हान गरिसके पछि त्यो बैठकमा नआउनु सर्वथा अनुचित कुरा हुन्छ । त्यसकारणले म आशा गर्छु उहाँहरु आउनुहुनेछ ।’अर्थमन्त्री पौडेलले पार्टीको अन्तरविरोध पार्टीको दायराभन्दा बाहिर पुगिसकेको उल्लेख गर्दैअन्तरविरोधहरुलाई पार्टीको दायरामा फर्काउनुपर्ने बताउनुभयो ।

पार्टी भित्रै बसेर समस्याको समाधान गर्नुपर्ने र पार्टीलाई एकतावद्ध बनाउनुपर्नेमा उहाँको जोड छ ।आगामी दिनमा नेकपा एमाले व्यक्तिको स्वेच्छाचारीतामा नचली पार्टी निर्णयको आधारमा चल्छ भन्ने कुराको सुनिश्चितता गर्नका लागि आगामी केन्द्रीय कमिटीको बैठक बस्न लागेकोउहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो – ‘पार्टी लाई एकतावद्ध गरेर लिएर जान सकुँ भन्ने हिसाबले प्रधानमन्त्रीले धेरै ठुलो पीडा सहेर पनि सम्वादको निम्ति, सहकार्यको निम्ति, एकताको निम्ति प्रयास गरिरहनुभएको छ । त्यहीएकताको प्रयासको शिलशिला हो की हामी अहिले सबै जटिलताको बिचमा पनि समस्याहरुलाईसमाधान गरौं, पार्टीको दायराभन्दा बाहिर पुगेको अन्र्तविरोधलाई पार्टीको दायरामा फर्काऔँ ।

पार्टी भित्रै बसेर समस्या समाधान गरौँ र पार्टीलाई एकतावद्ध गरेर लिएर जाऊँ । पार्टी अब पार्टी निर्णयको आधारमा चल्छ । व्यक्ति स्वेच्छाचारी ढंगले चल्दैन । पार्टीको निर्णयको आधारमा, पार्टीको निर्देशनको आधारमा चल्छ भन्ने कुराकोसुनिश्चितता गरौँ भन्ने सोचका साथमा अब हामी नेकपा९एमाले०को केन्द्रीय कमिटीकोबैठक बस्छौँ ।’उहाँले कुनै खासकालखण्डमा दलको सदस्य निर्दलीय हुन्छ भनेर संविधानको गलत व्याख्या गर्न खोजिएको टिप्पणी पनि गर्नुभयो । दलको सदस्य कहिल्यै पनि निर्दलीय नहुने उहाँले जिकिर गर्नुभयो । संवैधानिक व्यवस्थामा निर्दलीय अभ्यास गर्नु नहुनेमा उहाँको जोड छ ।

उहाँले भन्नुभयो – ‘संविधानको गलत व्याख्यापनि गर्न खोजिएको छ । हाम्रो संविधानले निर्दलीयतालाई सम्पूर्ण रुपले अस्वीकार गर्छ । यो बहुदलीय लोकतान्त्रिक प्रणालीमा आधारित संविधान हो । यहाँ दलको सदस्य स्वतन्त्र हुन्छ, कुनै खास कालखण्डमा स्वतन्त्र हुन्छ भन्ने हिसाबले गलत व्याख्या गर्न खोजिएको छ । दलको सदस्य निर्दलीय हुन्छ भन्न खोजिएको छ । त्यो गलत कुरा हो । दलको सदस्यकहिल्यै पनि निर्दलीय हुँदैन । कहिले पनि स्वतन्त्र हुँदैन । दलको अनुशासनमा हुन्छ । योसंवैधानिक व्यवस्था अन्र्तगत निर्दलीय अभ्यास गर्ने कुरा कुनैपनि हालतमा उचित हुन सक्दैन ।’नेकपा (एमाले) ले बुधबार दशौँ महाधिवेशन आयोजक कमिटीलाई भंग गरी २०७५ साल जेठ २ गतेकोअवस्थामा रहेको केन्द्रीय कमिटी व्युँताएको छ । सो केन्द्रीय कमिटीको बैठक असार १८गते बोलाईएको छ । बरिष्ठ नेता माधवकुमार नेपाल पक्षको माग पनि यही रहेकोलेआगामी बैठकमा नेपाल पक्ष नेताहरु बैठकमा सहभागी हुन्छन् कि हुँदैनन् भन्ने आमचासोको विषय बनेको छ ।