३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटन उद्यमी शाहलाई नेपाल सम्मान



अ+ अ-

काठमाडौं । पर्यटन उद्यमी अभिषेक विक्रम शाहलाई ‘नेपाल सम्मान २०७९’ बाट सम्मानित गरिएको छ ।

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आज यहाँ आयोजित एक कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले उद्यमी शाहलाई नेपाल सम्मान २०७९ प्रदान गर्नुभएको हो ।

सगरमाथा प्रतिष्ठान नेपालद्वारा आयोजित ‘नेपाल सम्मान २०७९ एवं अन्तर्राष्ट्रिय नारी सम्मान २०७९’ समारोहमा नेपालमा पर्यटन व्यवसायको प्रवद्र्धनमा विशेष योगदान गरेका शाहलाई उक्त सम्मानबाट सम्मानित गरिएको हो ।

उहाँ दुई दशकभन्दा लामो समयदेखि होटल तथा हस्पिटालिटी क्षेत्रमा आबद्ध रही काम गर्दै आउनुभएको छ । हाल बेष्ट रिसोर्ट नेपालका निर्देशक शाह यसअघि चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक हुनुहुन्थ्यो ।

नेपालको होटल तथा हस्पिटालिटी क्षेत्रमा कार्यरत शाहले यस क्षेत्रका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान प्राप्त गर्नुभएको छ । रासस