• २५ असार २०८१, मंगलवार
  •      Tue Jul 9 2024
  •   Unicode
Logo

‘फिल्म हेर्न मन छैन भने नहेर्नुस्, मेरो पेटमा किन लात हान्ने ?’



एजेन्सी । बलिउड अभिनेता रणबीर कपूर मार्च ८ मा निर्देशक लव रञ्जनको ‘तू झुठी मैं मक्कर’ मार्फत ठूलो पर्दामा फर्किनेछन् ।

रणवीरले होलीको अवसरमा फिल्मको प्रमोशनमा बहिष्कार गर्ने संस्कृतिप्रति असन्तुष्टि व्यक्त गरेका थिए । रणवीरले दर्शकलाई साउथ सिनेमा र हिन्दी फिल्मको तुलना गर्ने कुरा पनि गरेका थिए ।

‘तू झुठी मै मक्कर’ को प्रमोशनका क्रममा रणवीरले भने–सबैले फिल्म बहिष्कार गर्न चाहँदैनन् । यो कोभिडको समयमा बलिउड विरोधीहरूले सुरु गरेको प्रचार हो जुन अहिले पनि जारी छ ।’

भारतीय मिडियासँग कुराकानी गर्दै रणवीरले घृणा गर्नेहरूलाई प्रहार गरे। रणवीरले भने– ‘हाम्रो काम तपाईलाई मनोरञ्जन दिने हो । तपाईलाई फिल्म हेर्न मन लाग्दैन, नहेर्नुस्, किन मेरो पेटमा लात हानेको ? कलाकारको मात्रै कुरा होइन, हजारौं मानिसले फिल्म उद्योगबाट घर चलाइरहेका छन् ।’