९ भाद्र २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट ठेक्कापट्टामा अड्किएका गण्डकीका विकास आयोजना : वर्षौँ बित्दा पनि अधुरै गाईजात्रा नजिकिएसँगै भक्तपुरमा ताहासाका लागि बाँसको व्यापार बढ्यो सुनचाँदीको मूल्य घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

जीवन रक्षाका लागि कान्छी प्राध्यापकको अपिल



अ+ अ-

काठमाडौँ । आज ८ मार्च विश्वभर अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेका बेला यसै अवसर पारेर एक प्राध्यापकले आफ्नो जीवन रक्षाका लागि सार्वजनिक अपिल गर्नुभएको छ ।

स्तन, डिम्बाशय, पेट, कलेजो र फोक्सोको क्यान्सरका विरुद्ध सात वर्षदेखि संघर्षरत प्रा डा उर्मिला प्याकुरेलले थप उपचारका लागि खर्च धान्न सक्ने अवस्था नरहेको भन्दै सहयोगका लागि सार्वजनिक अपिल गर्नुभएको हो ।

उहाँ क्यान्सर लागेकै अवस्थामा अध्ययन अनुसन्धानलाई अगाडि बढाएर ३५ वर्षको उमेरमा विद्यावारिधि ९पिएचडी० पूरा गरी ४१ वर्षको उमेरमा गत वर्ष त्रिभुवन विश्वविद्यालयको केन्द्रीय गणित विभागमा सबैभन्दा कान्छी उमेरकी प्राध्यापक बन्नुभएको हो । प्याकुरेलले हालसम्मको उपचार खर्च अनुसन्धानबाटै जुटाउँदै आउनुभएको छ ।

सिन्धुपाल्चोकको कालिका गाउँमा सामान्य किसान परिवारकी प्राध्यापक प्याकुरेलले नेपाल र जर्मनीमा उपचारका क्रममा रू साढे चार करोडभन्दा बढी खर्च गरिसक्नुभएको छ । तर यति गर्दा पनि हालसम्म क्यान्सर पूर्णरुपमा निको नभएको छैन । पूर्णरुपले क्यान्सर निको नभएपछि उहाँले अन्तिम विकल्पका रुपमा चिकित्सकको सुझावका आधारमा ‘इम्युनो थेरापी’ सुरु गर्नुभएको छ । उहाँले हालसम्म ६४ चरणको किमो थेरापी, रेडियो थेरापीलगायतका उपचार गरिसक्नु भएको छ ।

उहाँका अनुसार इम्युनो थेरापी कम्तीमा एक वर्षसम्म गर्नुपर्छ । र, एक चरणको उपचारका लागि २१ दिनमा करिब रू चार लाख लाग्छ । “अहिले अनुसन्धानका लागि फेलोसिप पनि नपाएकाले खर्च जुटाउन गाह्रो भयो”, प्रा प्याकुरेलले भन्नुभयो, “सकेसम्म अरुको सहयोग लिने चाहना नभए पनि अब बाध्यता आइलागेको छ ।” उहाँले महिलामा मात्र लाग्ने र निको हुने स्तन र पाठेघर तथा डिम्बाशयको क्यान्सरको पनि सुलभ उपचार नभएको गुनासो गर्नुभयो ।

उहाँको अनुसन्धान गणितको व्यावहारिक प्रयोगबाट नेपालमा बढ्दो ट्राफिक समस्या समाधानमा केन्द्रित छ । उहाँ मधुश्री नामबाट साहित्य रचना पनि गर्नुहुन्छ । उहाँको विद्यावारिधिका निर्देशक त्रिभुवन विश्वविद्यालय गणित केन्द्रीय विभागका अध्यक्ष प्रा डा टङ्कनाथ धमलाले प्रा डा प्याकुरेल एक उत्कृष्ट अनुसन्धाता रहेको र उहाँका कृति र अन्तर्राष्ट्रिय सञ्जाल निकै सफल रहेको बताउनुभयो ।

विद्यार्थीलाई सिकाउन र सधैँ अनुसन्धान गर्न उत्सुक र सक्षम रहने प्रा प्याकुरेल अहिले पनि छ जना विद्यावारिधि र अरु स्नातकोत्तर तहका अनुसन्धानकर्ताहरुको शोध निर्देशक हुनुहुन्छ । प्रा डा धमलाले लागनशीलतामा अथक र नयाँ नयाँ अवधारणकी धनी प्रा प्याकुरेल लामो समयदेखि उपचारमा रहँदा पनि निडर, साहसी, आत्मविश्वासी युवा वैज्ञानिक रहेको भन्दै सहयोगका लागि अनुरोध पनि गर्नुभयो ।

त्यस्तै, तीन वर्षदेखि प्रा प्याकुरेलको उपचारमा संलग्न प्रा डा राजेन्द्र बरालले प्रा प्याकुरेललाई आत्मविश्वास र उपचारले बचाएको उल्लेख गर्नुभयो । अहिलेको उपचार भने उहाँको अन्तिम विकल्प रहेको र यो निकै महँगो भएकाले सहयोगको अपिल गर्नुभयो ।

प्रा डा प्याकुरेलका भाइ राजेन्द्र प्याकुरेलले निम्नवर्गीय परिवारको सदस्य भएर पनि दिदीले सानो उमेरमा नै शैक्षिक क्षेत्रमा उच्चतम सफलता प्राप्त गरेको र उहाँ परिवारको मात्र नभएर राष्ट्रकै गौरव भएको बताउनुभयो ।

सात वर्षदेखि क्यान्सरलाई जितिरहनु भएकी डा प्याकुरेलको उपचारका लागि अन्तिम विकल्पका रुपमा इम्युनोथेरापी मात्र रहेको र उपचार अत्यन्त महँगो भएकाले आपूmहरु सहयोगको अपिल गर्न बाध्य भएको उहाँको भनाइ छ ।

उहाँलाई सहयोग गर्नका लागि काठमाडौँको तीनकुनेस्थित सिद्धार्थ बैंकको उर्मिला प्याकुरेलका नाममा रहेको खाता नम्बर ०१७१५१६२७२१ मा रकम जम्मा गर्न सकिन्छ । रासस




भर्खरै