• ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
  •   Unicode
Logo

१ हजार रुपैयाँले घट्यो सुनको मूल्य



काठमाडौं । बुधवार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ ।

आज बजारमा छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले घटेर १ लाख १ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । मङ्गलवार उक्त सुन प्रतितोला ३ सय रुपैयाँले घटेर १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले घटेर १ हजार २ सय २५ रुपैयाँमा कारोबार भईरहेको महासंघले बताएको छ ।