५ असार २०८२, बिहीबार
,
Latest
नेपलको लगातार दोस्रो जित, नेदरल्यान्ड्स ६ विकेटले पराजित कोपिला भ्याली स्कूल विश्वका उत्कृष्ट १० मा छनोट कर प्रशासनलाई जनमैत्री बनाउन पहल गरिनेछः निर्देशक पौडेल नेदरल्यान्ड्सले नेपालसामु राख्यो १७५ रनको चुनौती गण्डकी प्रदेशस्तरीय क्रिकेटः नवलपुर फाइनलमा, उपाधिका लागि स्याङ्जासँग भिड्ने संस्कृति र सम्पदाको सदुपयोग गरे देश समृद्ध हुन्छ : मन्त्री पाण्डे ‘ओ एन्ड एम’मा अस्पताल व्यवस्थापक नसमेटेकोमा नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघको आपत्ति श्रीलङ्का टापुका कृषकलाई अनुदानमा कृषि उपकरण नेपालले नेदरल्याण्ड्सविरुद्ध बलिङ गर्दै पहिरोले अरनिको राजमार्ग बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्यकर्मीको वाकाथनः महिलाले स्वस्थ रहन हिँड्न जरुरी छ



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको आयोजनामा काठमाडौँमा टेकुदेखि माईतिघर मण्डलासम्म वाकाथन आयोजना गरिएको छ ।

वाकाथनले महिलाहरुले घरको काम र व्यवस्थताको कारण स्वस्थ जिवन यापनको लागि समय अभाव हुने हुँदा दैनिक हिँड्न जरुरी भएको र पुरुषको सहभागिता घरको काममा समेत जरुरी भएको सन्देश प्रदान गरेको थियो ।

नेकपा (एमाले)का सचिव तथा प्रतिनिधि सभा सदस्य योगेश भट्टराईको प्रमुख आतिथ्यतामा भएको वाकाथनमा करिब २०० स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

करिब ३ कि.मी. दुरी स्वस्थ्यकर्मिहरुसँगै हिँड्नुभएका एमाले सचिव भट्टराईले माईतिघरमा कोणसभालाई सम्बोधन गर्दै अन्तर्राष्ट्रिय स्तरमा ८ मार्च १९११ मा महिला कामदारमाथि भएको श्रम शोषणका विरुद्ध आवाज उठाएको बताउनुभयो ।

त्यसै दिनको सम्झनामा आज ८ मार्च मनाईरहेको प्रष्ट पार्दै उहाँले नेपालमा सहाना प्रधानले श्रमिक महिलाहरुको पक्षमा आवाज उठाउन सुरु गर्नु भएको बताउनुभयो । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपालको उपमहासचिव तथा महिला विभाग प्रमुख अमृता बरालको संयोजकत्वमा आयोजना भएको वाकाथनको कोणसभाको अध्यक्षता महासंको अध्यक्ष डा. झलक शर्मा गौतमले गर्नु भएको थियो ।

उपमहासचिव बरालले महिलाहरु घरको काममा सिमित हुन पुगेकोमा दुःख व्यक्त गर्दै सबै महिलाहरुले आफ्नो स्वास्थ्यमा ख्याल गर्नुपर्ने बताउनु भयो । स्वस्थ जिवयापनको लागि दैनिक हिँडनुपर्ने तथा फिजिकल व्यायाम गर्नुपर्ने उहाँको भनाई छ ।

यस्तै, महासंघको अध्यक्ष डा. गौतमले महासंघ स्वास्थ्य सेवामा समर्पित स्वास्थ्यकर्मीहरुको पेशागत अधिकारमुखी संस्था भएको प्रस्ट पार्नुभयो ।