• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

‘ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै



काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज बुधबार तीन खेलहरु हुँदैछन् । दोस्रो चरणको लिग अन्तर्गत बुधबार दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुन लागेको हो ।

दशरथ रंगशालामा हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेल दिउँसो २ः३० बजे सुरु हुनेछ । यस्तै, सोही समयमा च्यासल रंगशालामा एपीएफ क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

यसैगरी दशरथ रंगशालामा हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लबले प्रतिस्पर्धा गर्दैछन् । मनाङ र संकटाबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।

यसपटक लिगको विजेतालाई ७५ लाख, उपविजेतालाई ५० लाख र तेस्रो हुनेलाई २५ लाख रुपियाँ पुरस्कार प्रदान गरिने एन्फाले जनाएको छ । फेयर प्ले टोलीले ३ लाख पाउने छ ।

यस्तै, मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।