२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस उम्मेदवार पौडेलले राष्ट्रपतिमा अत्याधिक मतले जित्नुहुन्छ: उपसभापति खड्का(भिडियोसहित)



file
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपतिमा ९ दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अत्याधिक मतले जित्ने दाबी गर्नुभएको छ ।

मंगलवार काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको ९ दलीय गठबन्धनको राष्ट्रपति निर्वाचनका लागि बनेको कार्यदलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपसभापति खड्काले यस्तो दाबी गर्नुभएको हो ।

उहाँले आजको बैठकमा २५ गते हुने राष्ट्रपति निर्वाचनको सन्दर्भमा छलफल भएको बताउनु भयो । उहाँले राष्ट्रपति निर्वाचनको व्यवस्थापन सम्बन्धीका बारेमा छलफल भएको बताउनु भयो । उहाँले गठबन्धनकै बलमा आगमी दिनमा ९ दलीय गठबन्धनलाई व्यापक र बिस्तार गर्दै जाने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आजको बैठक हामीले २५ गते हुने राष्ट्रपति निर्वाचनको सन्दर्भमा ९ दलको तर्फबाट साझा उम्मेदवारको रुपमा प्रश्तुत गरिएका नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलजीलाई अघि सारेका छौँ । प्राविधिक तयारीको कुरा हो । यो निर्वाचन परिचालनसँग जोडिएको संयन्त्र बनाएका छौँ । ९ दलको तर्फबाट एउटा संयन्त्र बनाएका छौँ । त्यही समितिको बैठक बस्यौँ । त्यही व्यवस्थापन सम्बन्धीका बारेमा छफल गरका छौँ । राष्ट्रपतिको मतदान गराउँदै छौँ । गठबन्धन त अघि बढीसक्यो । सबैले सहयोग गरेर अत्याधिक मतले जित्नुहुन्छ । त्यसकै जगमा यसलाई बिस्तार र व्यापक गर्दै अघि जान्छौँ । अत्याधिक मतले हामी जित्छौँ ।’

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुसालले आजको बैठकमा गठबन्धनलाई बिस्तार र व्यवस्थित गर्ने विषयमा छलफल भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज प्रारम्भिक छलफल भएको छ, कुनै निस्कर्ष भएको छैन । गठबन्धनलाई बिस्तार र व्यवस्थित गर्ने विषयमा छलफल भएको छ ।’

सरकार बिस्तारको बारेमा भने राष्ट्रपति निर्वाचनपछि मात्रै थप कुरा अघि बढ्ने बैठकमा सहभागी नेताहरुको भनाइ छ ।




भर्खरै