• १४ जेष्ठ २०८१, सोमबार
  •      Mon May 27 2024
  •   Unicode
Logo
Latest
★   डिभोर्सको खबरकाबीच न्यूयोर्क पुगे हार्दिक पाण्ड्या ★   मुग्लिन दुर्घटना अपडेट: मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो ★   सरकारले कानूनको कपटपूर्ण प्रयोग गरेर जनताको आवाज थुन्ने काम गर्‍यो: नेता सिटौला ★   मुगुको डोल्फुमा यार्सा सङ्कलन गर्न जाँदा २३ घरमा लुटपाट ★   कैलाश सिरोहियालाई अदालत उपस्थित गराइँदै ★   अपर्झट बोल्दा त्रुटि हुन गयो, हामिलाई माफ गर्दिनुहोला: महजोडी ★   आईपीएलमा कसलाई कुन अवार्ड, को बने मालामाल ? ★   बालुवाटारमा सत्तापक्ष र विपक्षको संयुक्त बैठक जारी ★   स्कुल बसमा आगो लगाएको आरोपमा एक जना पक्राउ ★   भारतमा हावाहुरीसहित वर्षा, नेपालमा पनि देखिन थाल्यो असर

शरद र मेरो सम्बन्ध ठीकठाक छ, अंश मुद्दा निजी मामिलाः निशा अधिकारी



काठमाडौँ । अभिनेत्री निशा अधिकारीले श्रीमान शरद भेषावकरविरुद्ध अंश मुद्दा हालेको खबरकाबीच आफूहरूको सम्बन्ध ठीकठाक चलिरहेको बताएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै निशाले आफूहरूबीचको सम्बन्धमा माया, सम्मान र करुणा रहेको उल्लेख गरेकी छन् ।

श्रीमानविरुद्ध अंश मुद्दा हाल्नुको कारण नखुलाएकी अधिकारीले बरु यो आफूहरूको निजी मामिला रहेको बताएकी छन् ।

सबैले नक्कल गर्न नसकिने विभिन्न व्यक्तिका अनुभवहरूप्रति हामी कत्तिको दयालु र स्वीकार्य छौँ भनेर गहन रूपमा सोच्न जरुरी रहेको उनको भनाई छ ।

अधिकारीले काठमाडौं जिल्ला अदालतमा दायर गरेको अंश मुद्दामा अदालतले सम्पत्तिको फाँटबारी गर्न आदेश दिइसकेको छ । अधिकारीले नाबालक छोरालाई समेत अंश भाग लगाउनुपर्ने माग गरेकी छन् । क्रिकेटर भेषवाकरले भने यसबारे कुनै टिप्पणी सार्वजनिक गरेका छैनन् ।

अधिकारी र भेषावकरले २०७४ मा विवाह गरेका थिए । २०७५ मा निशाले अमेरिकामा छोरालाई जन्म दिएकी थिइन् ।