८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

आईपीएलमा कसलाई कुन अवार्ड, को बने मालामाल ?

आईपीएलमा कसलाई कुन अवार्ड, को बने मालामाल ?
अ अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिगको १७ औं सिजनको उपाधि कोलकाता नाइट राइडर्सले जितेको छ । केकेआरले फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो ।

यो सिजनमा धेरै नयाँ र उदीयमान खेलाडीहरु देखा परेका छन्, कोही युवाले रन र कोहीले धेरै विकेट लिएर क्रिकेट जगतमा फरक पहिचान बनाएका छन् । विराट कोहली, हर्षल पटेल र सुनिल नारायण लगायत धेरै खेलाडीले सिजनमा अवार्ड जितेका छन् ।

विजेता टोलीले २० करोड रुपैयाँ पायोः कोलकाता नाइट राइडर्सले आईपीएल २०२४ को फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराएर ट्रफी जित्यो । च्याम्पियन बनेको केकेआरले २० करोड रुपैयाँ पुरस्कार पाएको छ ।

उपविजेता टोलीले कति पैसा पायो ? सनराइजर्स हैदरावाद आईपीएल २०२४ को उपविजेता टोली बन्यो, जसले लिग चरणमा धेरै ठूला कीर्तिमान आफ्नो नाममा बनाएको थियो । प्याट कमिन्सको कप्तानीमा रहेको एसआरएचलाई उपविजेताका लागि १२.५ करोड रुपैयाँ दिइएको छ ।

इमर्जिङ प्लेयर अफ द सिजनः सनराइजर्स हैदरावादका २१ वर्षीय अलराउन्डर नितिश रेड्डीले आईपीएल २०२४ को इमर्जिङ प्लेयर अफ द सिजन अवार्ड पाएका छन् । रेड्डीले यो सिजन १३ खेलमा ३३.६७ को औसतमा ३०३ रन बनाएका छन् भने बलिङमा पनि ३ विकेट लिएका छन् । नितिशले आफ्नो पहिलो सिजनमै धेरै उत्कृष्ट उपलब्धिहरू गरेका छन् । यसका लागि उनले १० लाख रुपैयाँ पाएका छन् ।

स्ट्राइकर अफ द सिजनः स्ट्राइकर अफ द सिजनको अवार्ड २२ वर्षीय दिल्ली क्यापिटल्सका तुफानी ब्याट्सम्यान जेक फ्रेजर म्याकगर्कलाई दिइयो । म्याकगर्कले आईपीएल २०२४ मा ९ खेलमा ३३० रन बनाएका थिए । २३४ को स्ट्राइक रेटका लागि उनलाई स्ट्राइकर अफ द सिजन अवार्ड दिइएको छ । यसका लागि उनले १० लाख रुपैयाँ प्राप्त गरेका छन् ।

फेन्टासी प्लेयर अफ द सिजनः फेन्टासी प्लेयर अफ द सिजन सुनिल नारायणलाई दिइएको छ, जसको लागि उनले १० लाख रुपैयाँ प्राप्त गरेका छन् । फेन्टासी क्रिकेट खेलहरूमा भाग लिने प्रयोगकर्ताहरूका लागि सुनिल नारायण सबैभन्दा महत्त्वपूर्ण खेलाडी साबित भए । बलका अलावा नारायणले यो सिजन ब्याटिङमा पनि उत्कृष्ट प्रदर्शन गरेका छन् ।

सुपर सिक्स अफ द सिजनः सनराइजर्स हैदरावादका ओपनर अभिषेक शर्माले आईपीएल २०२४ मा सबैभन्दा धेरै छक्का प्रहार गरेका छन् । अभिषेकले यस सिजनमा ४२ छक्का प्रहार गरेका थिए जसका लागि उनलाई फ्यान्टेसी सुपर सिक्स अफ द सिजन अवार्डबाट सम्मानित गरिएको थियो । त्यसैले उनले १० लाख रुपैयाँ पाए ।

अन द गो, फोर्स अफ द सिजनः सनराइजर्स हैदरावादका ट्राभिस हेडलाई सिजनमा सबैभन्दा बढी चौका प्रहार गरेकोमा अन द गो फोर्स अफ द सिजन अवार्ड दिइयो । हेडले सिजनमा कुल ६४ चौका प्रहार गरे जसका लागि उनले १० लाख रुपैयाँ प्राप्त गरे ।

क्याच अफ द सिजनः क्याच अफ द सिजन अवार्ड केकेआरका रमनदीप सिंहले पाए । लखनऊ सुपर जाइन्ट्स विरुद्धको खेलमा रमनदीपले अर्निश कुलकर्णीको यस्तो क्याच लिए, जुन उनले आफ्नो पहुँचभन्दा बाहिर भए पनि समातेका थिए । उनले १० लाख रुपैयाँ हात पारे ।

मोस्ट भ्यालुएबल प्लेयरः सुनिल नारायण आईपीएल २०२४ मा सबैभन्दा मूल्यवान खेलाडी बनेका छन् । नारायण सिजनको सुरुदेखि नै कोलकाता नाइट राइडर्सका लागि सबैभन्दा महत्त्वपूर्ण खेलाडी हुन् । उनले ब्याटिङमा ४८८ रन बनाए भने बलिङमा १७ विकेट लिए । यो प्रदर्शनले नारायणलाई सिजनको सबैभन्दा मूल्यवान खेलाडी बनायो । यसका लागि उनले १० लाख रुपैयाँ र ट्रफी पनि प्राप्त गरे ।

ओरेन्ज क्यापः विराट कोहलीले ओरेन्ज क्याप जितेका छन्, जसको लागि उनले ओरेन्ज क्याप र १० लाख रुपैयाँ प्राप्त गरेका छन् । कोहलीले आईपीएल २०२४ मा १५ खेलमा ६१.७५ को औसतमा ७४१ रन बनाएका थिए ।

पर्पल क्यापः हर्षल पटेलले सिजनमा सबैभन्दा बढी विकेट लिएकोमा पर्पल क्याप र १० लाख रुपैयाँ प्राप्त गरे । पञ्जाब किंग्सबाट खेलेका उनले १४ खेलमा २४ विकेट लिएका थिए ।