• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo
Latest
★   मधेस सरकारबाट एमालेका ६ मन्त्रीले दिए राजीनामा ★   राजस्थानले चेन्नईलाई दियो १४२ रनको लक्ष्य ★   माओवादीले फिर्ता लियो मधेश सरकारलाई दिएको समर्थन ★   एमाले तनहुँ अधिवेशनः अध्यक्षमा कँडेल र सिग्देलको उम्मेदवारी, कुन नेताको कसलाई साथ ? ★   ‘स्वस्थकर जीवनका लागि स्वस्थ वातावरण आवश्यक’ ★   छ दशकदेखि ज्ञान बाँड्दै लालचन्द्र ★   शिर्ष नेताहरुको प्रतिवद्धता बिना त्रिभुवन विश्वविद्यालयको पुन:संरचना सम्भव छैन: मन्त्री श्रेष्ठ ★   बेसहाराको आश्रयस्थल बन्दै बालगृह ★   मधेश सरकारबाट बाहिरियो माओवादी ★   इजरायल आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ३५ हजार नजिक

होली भन्नसाथ २०१४ को त्यो दिन याद आउछ, जुन दिन नेपालले हङकङलाई हराएको थियो



२०१४ मा बसन्तपुरमा हङकङबिरुद्ध नेपालको खेल हेर्न बसेका समर्थकहरु ।

काठमाडौँ । असत्यमाथि सत्यको विजयको प्रतिक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा होली मनाउने प्रचलन छ । होली भन्न साथ सम्पुर्णमा होलिको टिसर्ट अनि रङको याद आउँछ । तर, हामी नेपाली क्रिकेट समर्थकलाई भने होली भन्न साथ २०१४ याद आउँछ । होलीको रौनक हुने बसन्तपुरमा त्यतिबेला क्रिकेटको पर्व थियो ।

२०७० चैत २ गते आईतबार (मार्च १६ २०१४) नेपालले ट्वान्टी–२० विश्वकपको पहिलो खेल हङकङबिरुद्ध खेलेको थियो । देशले पहिलो पटक विश्वकप खेल्न्न लाग्दा घरै पिछे समर्थक थिए । साझ ७:१५ बजेबाट  सुरु हुने खेलमा समर्थकहरु नेपालको जर्सी लगाएर खेल कुरिरहेका थिए । होलीको उत्सवमा झुमेका नेपालीहरुलाई खुशी त त्यति बेला मिल्यो जब नेपालले हङकङलाई हरायो । बङ्गलादेशको शेरे बङ्गला नेसनल स्टेडियममा भएको खेलमाा नेपालले हङकङलाई ८० रनले हराएर ईतिहास रचेको थियो ।

त्यतिबेला, कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लको उत्कृष्ट ब्याटिङमा नेपालले १४९ रन बनाएको थियो । पारस खड्काले ३७ बलमा ४७ रन बनाएका थिए भने ज्ञानेन्द्र मल्लले ४१ बलमा ४८ रन बनाए । ओपनर सुवास खकुरेल र सागर पुनले क्रमश: २२ र १३ रन बनाएका थिए ।

१५० रनको लक्ष्य पछ्याएको हङकङका ओपनर इरफान अहमदलाई कप्तान खड्काले इनिङ्सको पहिलो बलमा नै आउट गराएका थिए । पारसले लिएका पहिलो विकेटसँगै हङकङका विकेटहरु झर्न थाले । हङकङका कुनै पनि ब्याट्सम्यानले २० रनभन्दा बढी रन बनाउन सकेनन् भने चार ब्याट्सम्यान शुन्य रनमा आउट भएका थिए ।

वसन्त रेग्मी र शक्ति गौचनको उत्कृष्ट बलिङले हङकङ ६९ रनमा सिमित रह्यो । त्यतिबेला,वसन्त र शक्तिले तीन–तीन विकेट लिएका थिए ।गौचनलाई ४-०-९-३ को उत्कृष्ट ईनिङ खेलेकोमा म्यान अफ द म्याचको अवार्ड दिइएको थियो ।

पहिलो पटक क्रिकेट विश्वकप खेलेको नेपालको त्यो जितले नेपालमा ठुलो उत्सव छाएको थियो । देशको ऐतिहासिक विजयको उत्सव मनाउन काठमाडौंका सडक समर्थकहरुले भरिएका थिए । होलीको पर्व त छदै थियो त्यसपछि नेपालमा अर्को पर्व पनि थपिएको थियो, त्यो हो क्रिकेट ।