• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

विश्वकप लिग टू: यूएईविरुद्ध ब्याटिङ गर्दै नेपाल



काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो ।

यस सिरिजमा दुवै टोलीको दोस्रो पटक आमने सामने हुँदैछन् । पहिलो खेलमा नेपाल यूएईसँग  ६८ रनले पराजित भएको थियो ।

नेपाल ३१ खेलमा १४ जित र १५ हारसहित ३० अंक गरी अंक तालिकाको छैटौं स्थानमा छ । यता, युएई भने ३१ खेलमा १४ जित र १४ हारसहित ३१ अंकका साथ पाँचौं स्थानमा छ ।

नेपालका ओपनर कुशल भुर्तेल ग्रोईन इन्जुरीका कारण आजको खेलमा समाबेश गरिएको छैन । उनको स्थानमा प्रतिश जी.सीलाई मौका दिईएको छ।

नेपालको प्लेईङ-११

आसिफ शेख (विकेट किपर),ज्ञानेन्द्र मल्ल,भिम सार्की, दीपेन्द्र सिंह ऐरी,रोहित पौडेल (कप्तान),आरिफ शेख,प्रतिश जी.सी,कुशल मल्ल,करण केसी,सोमपाल कामी र सन्दीप लामिछाने